Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेकपा-माओबादी गुल्मीको ईन्चार्जमा कार्की

Published on 6:41:00 PM //


प्रेम सुनार
मंसिर २७ गुल्मी । नेकपा–माओबादी गुल्मीको प्रथम जिल्ला सम्मेलनले विरबहादुर कार्की (चाहल) लाई जिल्ला ईन्चार्जमा सर्वसम्मत निर्वाचित गरेको छ । सम्मेलन आयोजक समितिका संयोजक रहेका कार्कीको नेतृत्वमा सम्मेलनले १ सय १ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । त्यस्तै सह ईन्चार्जमा डिलबहादुर पुन(संजय), सेक्रेटरीमा गोविन्द बिक (आकाश) सर्वसम्मत चयन भएका छन् ।
सम्मेलनले राज्य समिती सदस्यहरु ईस्वर ज्ञवाली,रामकृष्ण कँडेल, रामचन्द्र कँडेल, कृष्ण बिक, पवित्र केसी, दलमान पुन, टेकराज पोखरेल, ज्ञानबहादुर श्रीस र दुर्गादत्त शर्मा लगाएतलाई जिल्ला सचिवालय सदस्यमा चयन गरेको छ । दुई दिन सम्म सदरमुकाममा चलेको सम्मेलनको सो पार्टीकी प्रवत्ता पम्फा भुषालले उदघाटन गरेकी थिईन । एकिकृत नेकपा माओवादीमा छँदा नवनिर्वाचित अध्यक्ष कार्की ३ नम्वर क्षेत्रिय संयोजक थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग