Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा सुन्तला उत्पादन वढ्यो

Published on 5:20:00 AM //


पि.एम.मगर
गुल्मी, मंसिर २८ । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। गत वर्ष दुई हजार ४ सय ४८ मेट्रिक टन उत्पादन भएको सुन्तला यस वर्ष भने ३ सय मेट्रिक टनले वढेर दुई हजार ७ सय मेट्रिक टन पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। अन्य खेतीको तुलनामा सुन्तला खेतीवाट वढी आम्दानी भएपछि किसानहरु व्यवसायिक रुपमै सुन्तला खेतीमा लागेकाले यस वर्ष उत्पादन वढेको कार्यालयले जनाएको छ ।
यस वर्ष सुन्तला कारोवार नौँ करोड रुपैयाँ पुग्ने कृषि विकास कार्यालयको भनाई छ। सुुन्तलाका लागि वजार सहज र कम मेहनतमा आम्दानी वढी हुन थालेपछि किसानहरु अन्य खेती छाडेर सुन्तला उत्पादनमा लागेको कार्यालयले जनाएको छ। गुल्मीको पिपलधारा, अर्खले, हाडहाडे, भनभने, नयाँगाउँ, दिगाम, अर्लाङ्गकोट, पुर्कोट, वस्तु, जैसीथोक लगायतका गाविसमा व्यवसायिक सुन्तला खेती हुने गरेको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग