Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाणिज्य संघमा जिम्मेवारी बाँडफाँड

Published on 4:01:00 PM //


घनश्याम गौतम
गुल्मी– उद्योग वाणिज्य संघको बुधवार सम्पन्न बैठकले पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।
दुई साता अघि सम्पन्न साधारण सभाले अध्यक्षमा अखिलेश्वर पाण्डेय सहित १५ सदस्य निर्विरोध निर्वाचित गरेपनि जिम्मेवारी बाँडफाँडमा विवाद भएपछि सहमति हुन सकेको थिएन । बुधवारको बैठकमा सहमति गरेर सबै पदमा निर्विरोध गरिएको अध्यक्ष पाण्डेयले बताए ।
बैठकले प्रथम उपाध्यक्षमा दुर्गाप्रसाद पाण्डे, उपाध्यक्षमा श्रीप्रसाद भलामी, महासचिवमा कृष्णप्रसाद पोखरेल, सचिवमा विरेन्द्र भुसाल र कोषाध्यक्षमा दुर्गाचन्द्र बोहोरालाई निर्विरोध गरेको हो । संघको मंसिर २३ गते सम्पन्न २१ औं  साधारण सभाले १५ सदस्य निर्वाचित गरेको थियो । संघका सदस्यहरुमा ताराप्रसाद भुसाल, गोमराज श्रेष्ठ, रामप्रसाद पन्थी (जयराम हार्डवेयर), इश्वरीप्रसाद पौडेल, मनिराम अर्याल, रामप्रसाद पन्थी, इश्वरीप्रसाद बेल्बासे, श्यामकुमार पाण्डे, चेतनारायण पाण्डे र रामु सुनार छन् । त्यस्तै निवर्तमान अध्यक्ष्यमा कृष्णप्रसाद भण्डारी छन् ।
महासचिव पोखरेलका अनुसार बैठकले राजकुमार कक्षपति र ज्ञानहरी सापकोटालाई सदस्यमा मनोनित गरेको छ । त्यस्तै एक सदस्य पदमा मनोनित बाँकी रहेको संघले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग