Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नागरिक दैनिकको कार्यालयमा तोडफोड (भिडियोसहित)

Published on 5:09:00 PM //

काठमाडौं, पौष ५ । आफूलाई शिव सेना नेपालका कार्यकर्ता बताउने एक समूहले नागरिक दैनिकको काठमाडौ सुन्धारास्थित कार्यालयमा आज आक्रमण गरेको छ । सो समूहले दैनिकको कार्यालयमा तोडफोड गर्नुका साथै सम्पादकसहित केही पत्रकारहरुमाथि कुटपिट गरेको छ ।
दिउँसो पौने २ बजेतिर झण्डै ६ दर्जनको संख्यामा पुगेको सो समूहले कार्यालयको सुरक्षा गार्ड श्याम फुँयाललाई लछार्दै समाचार डेक्समा पुगेर पत्रिकाका प्रधान सम्पादक किशोर नेपाल, पत्रकारहरु सुदर्शन सापकोटा, विश्वमणी पोखरेल, राजेन्द्र ज्ञवाली, स्वरुप आचार्यलगायतमाथि कुटपिट गरेका थिए ।
नेपाल रिपव्लिक मिडिया अन्तर्गतको शुक्रबार साप्ताहिकको आजको अंकमा प्रकाशित समाचारको विषयलाई लिएर उनीहरु आक्रोशित रुपमा कार्यालयभित्र प्रवेश गरेको सुरक्षागार्डले बताएका छन् ।
सो समूह कार्यालयभित्र प्रवेश गरेर आक्रमण गरेलगत्तै दैनिकका पत्रकार तथा कर्मचारीहरुले उनीहरुको प्रतिकार गरेका थिए । घटनालगत्तै सुरक्षाकर्मी पुगेपछि उनीहरु त्यहाँबाट बाहिरिएका थिए ।
घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यसैबीच घटना लगत्तै नागरिक दैनिकको कार्यालय पुगेका पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले घटनाको निन्दा गरेका छन् । त्यस्तै महासंघले पनि उक्त आक्रमणको भत्र्सना गरेको छ ।



Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग