Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हिँजो दलाली गरेका कारण संसदवादीलाई कसैले पत्याएन ः पुन

Published on 2:14:00 PM //


प्रेम सुनार
मंसिर २०, गुल्मी । वाईसिएल नेपाल अध्यक्ष तथा माओवादी केन्द्रिय सदस्य गणेशमान पुनले काँग्रेस एमालेले अन्तराष्ट्रिय जगतमा विश्वास गुमाएका कारण सरकारमा बस्न कसैले नपत्याएको बताउनुभएको छ । हिँजो ठूलो दलाली गरेर अन्तराष्ट्रिय रुपमै विश्वास गुमाएकोले सरकारको नेतृत्वका लागी सहज नबनेको उहाँको भनाई छ । ‘माओवादीलाई दया लागेर सरकारको नेतृत्व दिईएको नभई विश्वासका आधारमा दिईएको हो’ – उहाँले भन्नुभयो – तर हिजो दलली गर्नेहरुको काम कामयावी हुन नसकेको कारण शक्ति सन्तुलन मिल्न सकेको छैन ।’
नेपालमा दलहरुको सहमतिमा अन्तराष्ट्रिय शक्ति सन्तुलनको प्रभाव परेको भएपनि कसैको दवावमा माओवादीले आफ्नो एजेण्डा नछोड्ने दावी गर्नुभयो । पुनले शक्तिकेन्द्रहरुले छलफल गर्ने तर सहमति हुन नसकेको कारण नै एकीकृत माओवादीलाई विश्वले पनि बुझ्न नसकेको दावी गर्नुभयो । ‘हाम्रो जस्तो तेश्रो विश्वका देशहरुमा अन्तराष्ट्रिय शक्ति सन्तुलनको लागी हस्तक्षेपको प्रयास हुन्छ नै – उहाँले भन्नुभयो – तर फेरी नेतृत्वले फरक ढंगबाट, फरक ठाउँबाट मुद्धा उठाएकोले हामीलाई सबैले बुझ्न सकेको अबस्था छैन ।’
माओवादीकोे बटमलाईन बाबुराम भट्टराई नेतृत्वको सरकार नभएको पुनको भनाई छ । माओवादीको पहिलो प्राथमिकता संविधानको अन्तर बस्तुमा सहमति गर्नु भएकोले त्यसमा सहमति भएमा जसको नेतृत्वको सरकार पनि स्विकार गर्न सकिने उहाँले बताउनुभयो । क्रान्तिकारी पत्रकार संघ गुल्मीले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानको विषयमा अहिलेसम्ममा सहमतिहरु नामेट गरेर अरु दलहरु जान चाहेकोले सरकार त्यसको सुरक्षाको लागि मात्रै भट्टराई नेतृत्वको सरकार आवस्यक रहेको बताउनुभयो ।
‘संविधानका विषयमा अहिलेसम्म भएकमा ९० प्रतिशत सहमतिका सबै विषय डिलिट गरेर अरु दलहरु जान चाहेकोले मात्रै हामीले सरकारको नेतृत्वको कुरा गरेका हौँ, – उहाँले भन्नुभयो – यदी अहिलेसम्मका सबै उपलब्धि सुरक्षित गरेर जाने हो भने सरकारको नेतृत्व जसले गरेपनि हुन्छ ।’ दुनियाको कुनैपनि शक्तिसंग हामी छलफल गर्न सक्ने हैसियतमा हामी पुगेका छौँ त्यसैले हाम्रो वार्ता भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग