Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिद्यालयमा नबोल्ने बालिकाको अनौठो बिशेषता

Published on 8:48:00 PM //

बिशाल भट्टराई
गुल्मी, १९ मंसिर । पढ्नुको उदेश्य जागिर खानु मात्र मानिदैन । अन्तराष्ट्रिय स्तरमा पहिचान राख्न समेत पढाईले महत्वपुर्ण स्थान राख्दछ । हरेकदिन झोला बोकेर बिद्यालय जानुको अर्थ पढ्नु लेख्नु हो भन्न तर यतिमा मात्र यसलाई सिमि तगर्न सकिदैन । पढ्ने लेख्ने मात्र नभई आफ्ना साथि संगि संग घुलमिल हुनु पनि अपरिहार्य मानिन्छ । तर गुल्मीको पश्चिमी भेगमा रहेको अर्जै उच्च माविमा अध्ययनरत एक जना यस्ती बालिका छन जो अझै सम्म स्कुलमा एक शब्द समेत बोलेकी छैनन ।

अर्जै– १ मा घर भई कक्षा ४ मा अध्ययन गर्ने १० बर्षिय बालिका रचना अधिकारी अझै सम्म बिद्यालयमा एक शव्द पनि नबोलेको बिद्यालयका प्रधानाध्यापक शिवलाल भट्टराईले बताए । ‘उनले सुरु बटै हाम्रो बिद्यालयमा पढ्न थालेकि हुन तर मैले अझै सम्म बोलेको सुनेको छैन’ प्रअ भट्टराईले भने ‘उनलाई बोल्ने बनाउने निहुँले हामीले अहिले पनि कक्षा ४ मा परिचयात्मक कार्यक्रम ग¥यौँ तर उनी बोलिनन् ।

उनको पारिवारीक स्रोत अनुसार भने उनी घर परिवार संग राम्रै बोल्ने गरेकि छन । आफ्नो घर परिवारका सदस्य र घर वरपरका एक दुई जना संग उनी राम्रै बोल्ने गरेको बुबा खिम बहादुर अधिकारीले बताए । ‘ घर परिवारमा राम्रो संग बाल्छे पढ्ने कुरा पनि सिक्न खाज्छे, यसलाई अपाङ्ग भन्न मिल्दैन’, उनले भने ‘ घरको सवै काम पनि गर्छे बिदाको दिन गाई बाख्रा चराउन बन पनि पुग्छे सायद स्कुलमा लाजले बोल्दिनकि !’

उनी बिहान कक्षामा हाजिर गर्दा पनि उठ्ने मात्र गरेको कक्षा शिक्षक छविलाल अधिकारीले बताए ।‘ बिहान हाजिर गर्दा जुरुक्क उठ्छिन तर बोली भने सुन्न पाईएको छैन’, उनले भने ‘ हाजिर गर्दा उनलाई बिशेष ख्याल गरेर हेरेको हुन्छु र बिद्यार्थीले पनि उनी आएको दिन ईसारा गर्छन ।’

उनको पढाईको स्तर पनि कमजोर नभएको बिद्यालय स्रोतले जनाएको छ । ३५÷४० जना बिद्यार्थीमा उनी प्राय चौँथो पाचौँ स्थानमा आउने गरेकि छन । र उनले अरु बिद्यार्थीको तुलनामा राम्रो अक्षर समेत लेख्ने गरेको बिद्यायले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग