बाबुले आफ्नै छोरी गर्भवती बनाएपछि…
Published on
2:55:00 PM //
काभ्रे, मसिंर २१ । यहाँको कुशादेवी–९ सिमखरमा बाबुले छोरी गर्भवती बनाएका छन् । स्थानीय विद्यालयमा कक्षा ९ मा पढ्ने १८ वर्षीया छोरी गर्भवती बनाएको ८ महिनापछि मात्रै परिवारले थाहा पाएका थिए ।
छोरीलाई गर्भवती बनाएको थाहा पाएर आफन्तलाई जानकारी गराउने पत्नीलाई समेत ५० वर्षीय बाबुले कुटपिट गरी घरबाट लखेटेका छन् । ति बाबुले छोरीलाई पनि बेपत्ता बनाएका छन् । गर्भवती छोरीको अवस्थाबारे सबै अनभिज्ञ छन् । घटना लुकाउन अनेक प्रयास गरे पनि सार्वजनिक भएपछि ति बाबु माइतीमा रहेकी जेठी पत्नी लिएर फरार भएका छन् ।भारतको कलकत्तामा काम गर्दै आएका बाबु घर आएका बखत छोरीसँग शारीरिक सम्बन्ध राखेको आठ महिनापछि मात्रै पत्नीले थाहा पाइन् । पतिको कर्तुतबारे पत्नीले आफन्तलाई खबर गरेपछि मात्रै गाउँलेले थाहा पाएका थिए । सापकोटाका दुई पत्नी छन् । जेठी पत्नीपट्टिका १८ वर्षीय छोरीसँग शारीरिक सम्बन्ध राखेर भारत गएका उनी दसैँ सकिएर तिहार मान्न आएका बेला गर्भ भएको स्विकारेका थिए । छोरी जन्मिएपछि कान्छी पत्नी विवाह गरेका सापकोटाले उनीबाट जन्मिएका दुई सन्तानसहित पत्नीलाई घरनिकाला गरेका थिए । प्यारालाइसिसको बिरामी भएपछि कान्छीमाथि कुटपिट गर्दै घरनिकाला गरेको स्थानीयले जानकारी दिए । श्रोतःसौर्य दैनिक









