Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकल महिला बिरुद्द हुने बिभेद प्रती एक भएर लाग्नुपर्नेमा जोड

Published on 4:26:00 AM //


पि.एम.मगर
गुल्मी, पौष १० गते । अहिलेको एक्काईसौँ शताव्दीमा पनि एकल महिलाहरुप्रति गरिने आर्थिक, धार्मिक, सामाजिक तथा साँस्कृतिक जस्ता विभेदलाई चिर्नका लागि एक भएर लाग्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। आफ्नो हक अधिकारलाई सुनिश्चित गर्नका लागि संगठनलाई मजवुद वनाउनुका साथै आर्थिक सशक्तिकरणलाई पनि विशेष जोड दिनुपर्ने उनीहरुको भनाई छ।
मंगलवार गुल्मीको सदरमुकाम तमघास स्थित भगवती मन्दिरको प्राङ्गणमा सम्पन्न गाविसको वार्ड नं. ४ र ५ का एकल महिलाहरुको संयुक्त भेलालाई सम्वोधन गर्दै वुद्धिजीवि एवं समाजसेवी श्रीप्रसाद भलामी मगरले समाजमा अझै पनि एकल महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको भन्दै एकल महिलामाथि गरिने सवैखाले विभेदलाई चिर्नका लागि संगठित हुनुपर्ने वताउनुभयो। साथै उहाँले विभेदको अन्त्यका लागि चेतना अभिवृद्धिको आवश्यकता रहेको वताउँदै समुहले यसतर्फ पनि ध्यान पु¥याउनुपर्ने वताउनुभयो। त्यस्तै सिद्धवावा उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष झकवहादुर श्रीसले हक अधिकारका लागि संगठित हुनु अत्यन्तै राम्रो पक्ष रहेको वताउँदै यसले सशक्तिकरणलाई सहयोग पु¥याउने दावी गर्नुभयो। कार्यक्रममा महेन्द्र उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य धनवहादुर श्रीस, आमा समुह मुल समितिकी सदस्य मिना भलामी लगायतले पनि संगठन विस्तारका साथै एकल महिला दिदी वहिनीहरुको आर्थिक सशक्तिकरणलाई पनि विशेष जोड् दिनुपर्नेमा जोड दिनुभएको थियो।
भेलाले विमला श्रीसको अध्यक्षतामा तमघास ४ र ५ को समुहको गठन गरेको छ। समितिको उपाध्यक्षमा सुनिता विश्वकर्मा, सचिव विष्णु भलामी, कोषाध्यक्ष सकुन्तला थापा, सहसचिव चन्द्रकला श्रीस रहनुभएको छ। त्यस्तै सदस्यहरुमा लक्ष्मी भण्डारी, रेखा काउछा, सुमित्रा श्रेष्ठ, मैँया काउछा, लक्ष्मी पहराई, हितकला श्रीस, भुमा राना, भागिरथी विश्वकर्मा, नैकली घर्ति र सिता ज्ञवाली रहनुभएको छ। त्यस्तै सोही भेलाले श्रीप्रसाद भलामीको अध्यक्षतामा समुहको सल्लाहकार समितिको समेत गठन गरेको छ। सल्लाहकार सदस्यहरुमा मिना भलामी, झकवहादुर श्रीस र धनवहादुर श्रीस रहनुभएको छ। समुहकी जिल्ला सदस्य धना भण्डारीले भेलामा स्वागत मन्तव्य राख्दै आफुहरु अव संगठन विस्तारसँगै आर्थिक सशक्तिकरणको अभियानमा लाग्ने वताउँदै यसमा सवैले साथ दिनुपर्ने वताउनुभयो। समुहको काम, कर्तव्य र अधिकार, वर्तमान चुनौति र आगामी रणनीति लगायतका विषयमा समुहकी जिल्ला अध्यक्ष मिना पन्थले प्रकाश पार्नुभएको थियो। अध्यक्ष पन्थको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन जिल्ला कोषाध्यक्ष सिता पन्थीले गर्नुभएको थियो। भेलामा जिल्ला सदस्यहरु श्यामकला भलामी, सुमित्रा खत्री लगायतको पनि उपस्थिति थियो।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग