Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पोल फेर्न थालेपछि स्थानीयवासी अँध्यारोमा

Published on 4:24:00 AM //


पि.एम.मगर
गुल्मी, पौष १० गते । दरमखोला लघु जलविद्युत परियोजना, काँडेवास अर्लाङ्गकोट ए अन्तर्गतको ३५ किलोवाट विद्युत सेवा आज विहानदेखि सेवा क्षेत्रको केही भागमा अवरुद्ध हुन पुगेको छ। विद्युतका पोलहरु जिर्ण वन्दै गएका कारण समयमै पोल नफेरिएमा जतिखेर पनि विद्युत सेवा अवरुद्ध हुन जाने देखिएकाले परियोजनाले सेवा क्षेत्र भित्रको दाङ्गसिङ्ग, पाँडथोक, लामाखेत क्षेत्रमा जिर्ण भएका पोलहरु परिवर्तन गर्न लागेकाले सेवा अवरुद्ध हुन पुगेको हो। यसले गर्दा गुल्मी अर्लाङ्गकोटका करिव २ सय घरधुरीहरुमा विद्युत सेवा अवरुद्ध हुन पुगेको छ। सेवा सुचारुको सम्वन्धमा परियोजना श्रोतले मंगलवारदेखि नै पोल फेर्ने काम शुरु भएको र यथाशिघ्र विद्युत सेवा सञ्चालनमा ल्याउने बताएको छ। २०६६ सालदेखि सञ्चालनमा आएको परियोजनावाट गुल्मी अर्लाङ्गकोट गाविसका १ सय ९८ घरधुरी र वाग्लुङ्ग जिल्लाको काँडेवास गाविसका १ सय १९ घरधुरीले विद्युत सेवा लिईरहेका छन्। त्यस्तै कुटानी पिसनी मिल ५, पोल्ट्री फर्म ६ र फर्निचर उद्योग १ समेत सञ्चालनमा रहेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग