Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्तिपुरमा चक्रेश्वर मेलासंगै, साँस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता शुरु

Published on 5:15:00 AM //


घनश्याम गौतम
गुल्मी, २६ मंसिर– गुल्मीको शान्तिपुरमा मंगलबार देखि चक्रेश्वर मेला शुरु भएको छ । मेलाको अवसर पारेर मंगलबार देखि नै जिल्ला स्तरीय भलिबल र खुल्ला ब्याडमिन्टन प्रतियोगिता पनि शुरु भएको छ ।
मंगलबार उद्घाटन भएको खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिताको शान्तिपुर हेल्थपोष्टका इन्चार्ज ढकनारायण थापाले उद्घाटन गर्नु भएको थियो । ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष महेश काउछाको प्रमुख आतिथ्तामा भएको उद्घाटन कार्यक्रम चक्रेश्वर बोर्डिङ्गका प्रिन्सिपल द्रोणबहादुर खत्रीको आतिथ्यता, नारायण बरालको अध्यक्षता र नरबहादुर वि.क.को सचालनमा सम्पन्न भएको थियो ।
जिल्ला भरबाट १६ टिम सहभागी मंगलबारको खेलमा तिन टिम बिच प्रतिस्पर्धा भएको थियो । खेलमा रिडीको ए टिम, जुनियाको ए टिम र शान्तिपुरको ए टिम बिजयी भएका छन् । त्यस्तै मंगलबार देखि शुरु भएको भलिबल प्रतियोगितामा बाराकोट बाग्लुङ्ग र फोक्सिङ्ग बिच भएको खेलमा बाराकोट बिजयी भएको छ । त्यस्तै दोस्रो खेलमा देउराली युवा समाज दिब्रुङ्ग र डाँडा सल्लेरी शान्तिपुर बिच भएको प्रतिस्पर्धामा देउराली युवा समाज त्यसैगरी झरना युवा क्लब झापक र प्रगतिशिल युवा परिवार विशुखर्क खालीडाँडा बिच भएको प्रतिस्पर्धामा झरना युवा क्लब झापक बिजयी भएका छन् ।
२० टिम सहभागी भएको भलिबल प्रतियोगिताको शान्तिपुरका बरिष्ठ समाजसेवी झपटमान श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । ब्याडमिन्टन खेल शान्ति युवा क्लब र ब्याडमिन्टन संघ शान्तिपुरको आयोजनामा भएको हो भने चक्रेश्वर मेला र भलिबल प्रतियोगिता शान्ति युवा क्लबले आयोजना गरेको हो । प्रतियोगितामा भलिबल तर्फ प्रथमका लागि ३० हजार र द्धितियका लागि २० हजार राशीको पुरस्कार रहेको छ । त्यस्तै ब्याडमिन्टन प्रतियोगितामा प्रथमका लागि १० हजार, द्धितियका लागि ७ हजार र तृतियका लागि ४ हजार रुपैंया पुरस्कार राशी रहेको स्थानीय युवा लालबहादुर थापाले जानकारी दिनु भएको छ ।
आजबाट शुरु भएको शान्तिपुरको चक्रेश्वर मेला जिल्लाकै प्रसिद्ध मेला हो । तिनदिनसम्म लाग्ने मेला हेर्न बाग्लुङ्ग, गुल्मी, रुपन्देही, लगायतका जिल्लाहरुबाट समेत हजारौैं भक्तजनहरुको सहभागिता हुने गर्दछ । मेलामा राष्ट्रिय स्तरका कलाकारहरुको समेत सहभागिता रहेको आयोजकले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग