Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुनढुंगा खानी बन्द गर्न गाउँले अनसनमा

Published on 4:23:00 AM //


पि.एम.मगर
गुल्मी, पौष १० गते । सिमेन्टको क्लिंकर उत्पादन गर्ने अर्घाखांचीको नरपानी चुनढुंगा उत्खनन खानी सधैका लागि बन्द गर्नुपर्ने माग राख्दै दुई हप्ता अघिदेखि गाउ“ले २४ घण्टे धर्नामा बसेका छन। अत्यधिक चिसोका कारण २० जना रुघाखोकी, निमोनियमाका विरामी समेत परेका छन। खानेपानीको मुहान सुकेको भन्दै स्थानीयको अवरोधले १४ महिनादेखी उत्खनन कार्य बन्द रहेको खानी दुई साता अघि पुन सुचारु गरी उद्योगले काम गर्न थालेको भन्दै स्थानीयवासी ढुंगा लैजाने बाटोमा पाल टागेर रातदिन धर्नामा बसेका छन। उत्खनन कार्य बन्द भएपछि खानी विभागको ईन्जिनियर सहितको विशेषज्ञ टोलीले गरेको स्थलगत अध्ययनपछि खानी कै कारण खानेपानीको मुहान नसुकेको प्रतिवेदन निकालेको थियो।
मुहान सुकेको नभई मुहानले ठाउ“ छाडेको भएपनि गाउ“लेको खानेपानीलाई ट्याङ्की र डयाम्प बनाउन, मुहान बरपर विरुवा रोप्प लगायतका काम गर्न विभागले दिएको निर्देशन अनुसार उद्योगले काम गर्न खोज्दा अर्घाखा“ची जिल्लाभरीका चुनढुंगा खानी उत्खनन सधैका लागि बन्द गर्नुपर्ने माग राख्दै गठन भएको संघर्ष समितिले कुनैपनि हालतमा खानी खोल्न नदिने अडान राख्दै धर्नामा बसेका हुन। १४ महिना देखी बन्द खानी अब सधाकै लागि बन्द भएको संघर्ष समितिका संयोजक पदम केसीको भनाई छ। विभागले दिर्नेशन दिएपनि उद्योगलाई कुनै पनि काम गर्न नदिने भन्दै विरोधमा उत्रिएको र उद्योगले आफना मेसिन लगेर हात नझिकेसम्म धर्ना जारी राख्ने उहँंले वताउनुभयो। अर्घाखा“ची सिमेन्ट प्रालिका महाप्रवन्धक महेन्द्र रावल ४ अर्ब रुपैयाँ लगानी भएकाले त्यसै छाडन नसकिने बताउ“दै खानी बन्द हु“दा दैनिक १८ लाख रुपैया“ घाटा भएको बताउनुभयो। राष्टिय जनमोर्चा, वैद्य पक्षीय माओवादी, नेकपा एकीकृत क्रान्तिकारीका नेता समेत खानी बन्द गरेर नरपानीको डा“डालाई पर्यटकीय स्थल बनाउनुपर्ने दावी गर्दै उद्योगको विरोधमा उत्रिएका छन।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग