Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भ्रष्टाचारीलाई सामाजिक बहिष्कारको खाँचो

Published on 4:15:00 AM //


गगनशिला खड्का
गुल्मी, २८ मंसिर । शक्तीको दुरुपयोग गरी भ्रष्टाचार गर्ने जुनसुकै व्यक्तीलाई पनि सामाजिक बहिष्कार नगर्दा सम्म भ्रष्टाचार न्युनीकरण गर्न नसकिने गुल्मीका सरोकारवालाहरुले बताएका छन ।जिल्ला प्रशासन कार्यालय गुल्मी र सुशासन अभियान गुल्मीले संयुक्तरुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनिहरुले भ्रष्ट आचारण भएको व्यक्तीलाई ठाउँमा ल्याँने उत्तम उपाय भनेकै सामाजिक बहिष्करण भएको बताए ।
‘म भ्रष्टाचार सहन्न, म भ्रष्टाचार गर्दिन’ भन्ने प्रतिबद्धता व्यक्त गर्दै गुल्मी
जिल्लाका सरकारी कार्यालयका कर्मचारी ।
भ्रष्टाचार गर्ने व्यक्ति सिमीत भएपनि बाँकी धेरैले देखेर पनि लुकाउने तथा प्रोत्साहन गर्ने गरेको कारण भ्रष्टाचार मौलाएको उनीहरुको जोड छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तिले आचरण सुधारविना भ्रष्टाचार नियन्त्रणको परीकल्पना असंभव भएकोले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता शुरुवात गर्ने प्रतिवद्धता व्यक्त गरे ।सञ्चारमाध्यममा आएका अनियमितताका कुरालाई सम्बन्धित पक्षले कार्वाही नगरेर भ्रष्टाचारलाई प्रोत्साहन गरीरहेको पत्रकार महासंघका सचिव भरत पाण्डेयले बताए । ‘ अनियमितताको जानकारी पाएर पनि आधिकारीक उजुरी आउनुपर्छ भनेर पर्खनेचलन अव अन्त्य हुनुपर्छ’– उनले भने – ‘सम्बन्धित निकायले कार्वाही शुरु गरोस्, जिल्लामा भ्रष्टाचार नियन्त्रण हुन्छ ।’
एकीकृत नेकपा माओवादीका अशोक थापाले शक्तिको दुरुपयोग र गरीवि भ्रष्टाचारको प्रमुख कारण भएको बताए । ‘ शक्तिको दुरुपायोग गर्नेलाई सामाजिक बहिस्कार गर्नुपर्छ’– उनले भने ‘हामै्र दलबाट यो शुरु गरौँ ।’थापाले भ्रष्टाचार शक्तीको दुरुपयोगका कारणले हुन्छकी गरीबीका कारणले त्यसको पहिचान गर्न जरुरी रहेको बताए । उनले भनेः“यो अहिले भईरहेको भ्रष्टाचार के कारणले भाको हो पहिले त्यो कुराको पहिचान गरौँ। ” उनले सबैभन्दा पहिले भ्रष्टाचार किन हुन्छ ? भन्ने विषय पत्ता लगाउन आवश्यक रहेको बताए ।
मालपोत अधिकृत रामचन्द्र अर्यालले भ्रष्टाचारको आरोप लगाउने तर स्पष्ट प्रमाण नजुटाउने गरेर भ्रष्टलाई प्रोत्साहन गरीरहेको बताए । उनले आफ्नो कार्यालयमा कुनै कमजोरी भए तत्काल कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गरे । अर्यालले भ्रष्टाचारी प्रमाणित भईसकेपछि त्यसलाई सामाजिक बहिष्कारको साटो उल्टै प्रोत्साहन दिईरहेको बताए । उनले भ्रष्टाचारी समाजमा खुलेआम नमस्कार खाँदै हिड्ने तर उजुरी गर्ने व्यक्तीले शिर निहुराउनु पर्ने कारणले गर्दा भ्रष्टाचार मौलाउँदै्र गएको स्पष्ट पारे ।
सिँचाई डिभीजन प्रमुख हरीदत्त पौडेलले ठूला मान्छेले भ्रष्टाचार नगर्ने हो भने तल्लो तहमा आफै नियन्त्रण हुने बताए ।उनले राजनैतिक दलहरुले लेबी उठाउने,चन्दा तोक्ने जस्ता कृयाकलाप गरेकै कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताए । पौडेलले एक अर्काको भ्रष्ट आचरणलाई सुधार्ने भन्दा पनि लुकाउने प्रबृत्तीका कारण भ्रष्टाचारले अझ प्रश्रय पाईरहेको बताए । उनले भने, “यहाँ कसले कसलाई भ्रष्टाचारी भन्ने? मेरो गल्ती अर्काले, अर्काको गल्ती मैले भन्न सके पो त्यो कुरा खूल्छ ।”
जिल्ला शिक्षा कार्यालय गुल्मीका प्रमुख गोविन्द अर्यालले सरुवा बढुवामा समेत घुस खाने गरेका कारण भ्रष्टाचार बढेको बताए । उनले कनै पनि आफुले चाहेका ठाउँमा सरुवा गराउँदा समेत घुस लिने र दिने गरेका भ्रष्टाचारले प्राथमिकता पाएको बताए । अर्यालले भ्रष्टाचार अहिले सामाजिक आबश्यक्ता बनेको बताए । उनले भने –“केही कुरा हरु तलबाट सुधार हुदैँ जाने हो केही कुराहरु माथीबाट सुधार हुदैँ जाने तर भ्रष्टाचार माथिबाट तल सुर्धिदै जाने कुरा हो ।”यसैविच शुसासन अभियान गुल्मीले गरेको ‘म भ्रष्टाचार सहन्न, म भ्रष्टाचार गर्दिन’ भन्ने नारा सहितको हस्ताक्षर संकलनमा जिल्लाका ४१ जनाले हस्ताक्षर गरी प्रतिबद्धता व्यक्त गरेका छन। विभीन्न कार्यालय र संघ संस्थाका प्रमुखहरुले भ्रष्टाचार नियन्त्रणको सामुहिक प्रतिवद्धता जनाएका हुन । भ्रष्टाचार गर्ने भन्दा लुकाउने प्रबृत्तिका कारण बढेको ठहर गर्दै उनीहरुले गुल्मीमा भ्रष्टाचार नसहने सामुहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग