Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देविस्थानमा गाउँलेले लगाए कर्फ्यु

Published on 4:19:00 AM //


आपत रामजाली
बागलुङ, २८ मंसिर । बागलुङ जिल्लाको देविस्थान गाउँ विकास समितिको बायखोलामा मकैको नलमा आगालागी लगाएत बिठ्याँईका घटनाहरु बढ्दै गएपछि आज राती ८ बजे देखि भोली विहान ४ बजे सम्मको लागि कफर््यू जारी गरिएको छ ।
गएराती स्थानिय एकबहादुर कार्की र भरत कार्कीको मकैको नलमा आगालागी तथा स्थानिय थम्मन कार्कीको खेतमा रहेको गहुँ उखेलेर नष्ट पारीएको जस्ता घटनापछि यसमा संलग्न ब्याक्तिहरुलाई पत्ता नलाग्दा, बिहीवार बसेको स्थानियबासीहरुको भेलाले आज देखि गाउँमा कर्फ्यु लगाउने निर्णय गरेको थियो ।
साथै कर्फ्यूको समयमा केही गाउँमा हिँड्ने जोकोही व्यत्तिलाई भेटिएमा कडा कार्वाही गर्ने स्थानियबासीले बताएको देविस्थानबाट ज्ञान कार्किले जानकारी दिनु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग