Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप र ट्याक्टर दुर्घटनामा २ को मृत्‍यु ८ घाईते

Published on 11:11:00 PM //


पि.एम.मगर/कृष्ण पोखरेल
गुल्मी, पौष ११ गते । प्यूठानको लिबाङ गाविस वडा नम्बर ७ रातामाटामा आज दिउँसो भएको ट्याक्टर दुर्घट्नामा एक जनाको ज्यान गएको छ। जिल्लाको ब्यापारीक केन्द्र बाग्दुलाबाट किराना सामान लगायतका दैनिक उपभोग्य वस्तु लिएर लिवाङ्गतर्फ जांदै गरेको रा १ त ११६३ नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा लिवाङ ३ का २२ वर्षीय दुजमान सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। मृतक सुनार भारतवाट घर फर्किदै थिए। अप्ठ्यारो बाटोका कारण दुर्घट्ना भएको प्रहरी निरीक्षक मित्रबन्धु शर्माले बताउनुभयो ।
त्यसैगरी बाग्लुङबाट बुर्तिवाङका लागि छुटेको लु १ ज २५० नम्बरको जिप रिघा ९ रिघाफेदीमा दुर्घटना हुँदा १ जना मृत्यु भएको छ भने ८ जना घाईते भएका छन । जिप सडकबाट करिव ३०० मिटर तल खस्दा स्याङजा स्थायी घर भई पोखरा बस्ने ईन्द्रकुमारी क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । भने घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाईते हुनेहरुमा जि.वाई.सी.मा कार्यरत दुर्गा बहादुर वि.क., बुर्तिवाङ ९ घोसाखानीका खव बहादुर वि.क., बुर्तिवाङ ९ घोसाखानीकै रुपादेवी वि.क., बानपा १ रामरेखाका जितेन्द्र के.सी., दगातुन्डाँडा ९ नौटुवाका दुर्गा थापा, ग्वालीचौर ८ दांगका थुमलाल वि.क., ग्वालीचौर ९ सिमाकका जग बहादुर पाईजा, खर्वाङ प्रहरी चौकीका असई कृष्ण बहादुर कुवँर रहेका छन । घाईते मध्ये खर्वाङ प्रहरीचौकीका असई कुवँर उपचारका लागि खर्वाङ आउनुभको छ भने बाँकी सवै घाईतेलाई उपचारका लागि हटिया लगिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग