Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरी चौकि निर्माणका लागि नि:शुल्क जग्गा

Published on 8:22:00 PM //


जनार्दन घिमिरे
गुल्मी, २० मंसिर । प्रहरी चौकिको भवन निर्माणका लागि गुल्मीको धुर्कोट वस्तुमा एक व्यक्तिले रु दुई लाख वरावरको जग्गा निशुल्क रुपमा उपलव्ध गराएका छन् । यसरी निशुल्क रुपमा जग्गा उपलव्ध गराउनेमा धुर्कोट वस्तु ७ निवासी वालकृष्ण भण्डारीका ३८ वर्षीय छोरा लक्ष्मण भण्डारी रहेका छन् । उनले उक्त ठाउमा प्रहरी चौकि निर्माणकोलागि जग्गा अपुग भएपछि १५ आना २ पैसा वरावरको जग्गा प्रहरी चौकि धुर्कोट वस्तुको नाममा नामसारी गरिदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनु भएको छ । भण्डारीले उक्त जग्गा उपलव्ध गराएपछि चौकिको नाममा अव ५ रोपनि ४ आना जग्गा भईसकेकोले चाँडैनै भवन निर्माण शुरु हुने काफ्लेले वताउनु भयो । प्रहरीले भवन निर्माण गर्नकालागि जग्गा कम भएपछि भण्डारीलाई जग्गा उपलव्ध गराई सहयोग गरिदिन आग्रह गरेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग