Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कण्डम हस्तमैथुनमा प्रयोग !

रासस
बारा, माघ १५ - विशेषगरी सुरक्षित यौन सम्बन्धका लागि प्रयोग गरिने अस्थायी साधन कण्डमलाई यहाँका पुरुषहरूले हस्तमैथुनका लागि प्रयोग गर्न थालेका छन् ।
यौन सम्पर्कबिना नै सन्तुष्टि प्राप्त गर्न हस्तमैथुन गर्ने पुरुषले कण्डम प्रयोग गर्दै आएका हुन् । हस्तमैथुनमा कण्डम प्रयोग गर्नेमा किशोरावस्थाका बढी छन् । स्वास्थ्यचौकी र स्थानीय क्लिनिकबाट कण्डम लैजाने किशोरावस्थाका अधिकांशले यसलाई हस्तमैथुनका लागि प्रयोग गर्दै आएको कण्डम बिक्रेताहरूको भनाइ छ ।
एसएलसीको तयारीमा रहेका डुमरवानाका मुकेश (नाम परिवर्तन)ले एक साताअघि आफूले पहिलोपटक कण्डम प्रयोग गरेर हस्तमैथुन गरेको बताए । नियमित हस्तमैथुन गर्दै आएका मुकेशले भने– “साथीहरूको सल्लाहमा कण्डम प्रयोग गरेको हो । मलाई राम्रो लाग्यो, अरू साथीहरूलाई पनि भनेको छु ।”
कक्षा ११ मा पढ्दै गरेका सुरेश खरेल (नाम परिवर्तन)ले यौन सम्पर्क साथी नभएकाले यौन सन्तुष्टिका लागि हस्तमैथुन गर्दै आएको सुनाए । “सधैँ नभए पनि कहिलेकाहिँ कण्डम लगाएर हस्तमैथुन गर्ने गरेको छु”– उनले बताए– “यसको प्रयोग गर्दा फोहर नहुने भएकाले हस्तमैथुन गर्दा कण्डम लगाउनु राम्रो हो ।”
डुमरवाना उपस्वास्थ्य चौकीबाट मासिक ७१०–७५० वटासम्म निःशुल्क कण्डम वितरण हँुदै आएको छ । विगत तीन वर्षयता सङ्ख्यात्मक रूपमा कण्डम प्रयोगकर्ता नबढेको उपस्वास्थ्य चौकीको आङ्डामा देखिए पनि स्थानीय स्वास्थ्य क्लिनिकमा भने कण्डमको बिक्री बढेको छ ।
डुमरवाना उपस्वास्थ्य चौकीका प्रमुख देवप्रसाद प्याकुरेलले विभिन्न ब्रान्डमा उपलब्ध हुँदै आएका कण्डमको बिक्री गर्दै आएका क्लिनिकमा प्रयोगकर्ताको आकर्षण देखिएकाले निःशुल्क पाइने स्वास्थ्य चौकीमा भने प्रयोगकर्ता बढ्न नसकेको बताए ।
स्वास्थ्य चौकीमा महिलाका लागि अस्थायी साधन डिपो र पिल्सको माग भने बढेको छ । १०० देखि १५० सम्म डिपो र ५०–५५ वटासम्म पिल्स वितरण हुँदै आएको स्वास्थ्य चौकीले जनाएको छ । आयुसिडी लिन आउने महिलालाई भने चौकीले सिमरा स्वास्थ्यचौकी सिफारिस गर्दै आएको छ ।

अर्काकी श्रीमतीको टाटु आफ्नो छातीमा खोपेपछी......

अनौठो समाचारको कुनै देश वा सीमा हुँदैन भनिन्छ। यस्तै अनौठो समाचार नेपालमै घटेको छ। आफ्नै मित्रको श्रीमती मन पराएपछि छातीमा टाटु खोपेको आरोपमा नेपाल प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
काभ्रे जिल्ला निवासी कुमार केसीलाई सो अभियोगमा प्रहरीले पक्राउ गरेको हो। उनले छातीमा एक महिलाको तस्बिर खोपाएका छन्। सार्वजनिक अपराधअन्तर्गत केसीलाई पक्राउ गरिएको प्रहरी अधिकृत अरुणकुमार बीसीले बताए। छातीमा महिलाको टाटु खोपाउँदा पक्राउ गर्ने कानुन नभएकाले उनलाई सार्वजनिक अपराधअन्तर्गत पक्राउ गरिएको बीसीले बताए। चार वर्षदेखिको आफ्ना मित्रको श्रीमती राम्री लागेकाले छातीमा उनकै टाटु खोपाएको केसीले स्वीकारेका छन्। 

विहे गर्न नमान्ने युवतीमाथि तेजाब खन्याइयो

धनगढी, १० पुस । आफूसँग विवाह गर्न नमानेको भन्दै विक्षिप्त मनस्थितिमा पुगेका युवकले हानेको तेजाबका कारण कैलालीमा एक युवती घाइते भएकी छन् ।
पीडित युवतीका परिवारले ढिलोगरी  आइतबार मात्रै कार्यालयमा जाहेरी दिएकाले गत मंसिर २४ गते भएको बाहिर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताउनुभयो ।
गेटा गाविस-४ का २३ वर्षका रवीन्द्र ठगुन्नाले स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत १९ वर्षकी युवतीको शरीरमा विद्यालय जाँदै गरेको मौकामा तेजाब हानेपछि युवतीको अनुहार र घाँटीमा गम्भीर चोट पुगेको छ । घटनालगत्तै फरार अभियुक्त ठगुन्नालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा पुर्‍याएको छ ।
विवाहका लागि मगनी गर्न जाँदा युवती पक्षले नमानेपछि अभियुक्तले युवतीमाथि तेजाब  हान्नेसम्मको दुस्साहस गरेको जनाइएको छ । युवकमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको पण्डितले बताउनुभयो । घाइते युवतीको हाल काठमाडौँमा उपाचार भइरहेको बताइएको छ । रासस

विश्वकप फुटबलको ट्रफी नेपालमा (फोटोहरु सहित)

काठमाडौ, पुस ६ । विश्वकप फुटबलको ट्रफी प्रदर्शनका लागि शनिबार नेपाल ल्याइएको छ । फिफाको विशेष जेट विमानबाट अपरान्ह ल्याइएको ट्रफी एयरपोर्टबाट दशरथ रंगशाला लगिएको छ । ट्रफी हेर्न विमानस्थलमा ठूलो भिड लागेको थियो । त्यस्तै रंगशालामा पनि ठूलो संख्यामा खेलप्रेमीहरु पुगेका छन् ।

ब्राजिलमा सन २०१४ मा हुने विश्वकप विजेतालाई दिइने ट्रफी विश्वकपको पूर्वसन्ध्यामा विभिन्न देशको सहर घुमाउने क्रममा काठमाडौं ल्याइएको हो । ट्रफी भुटान हुँदै नेपाल ल्याइएको छ । राष्ट्रपति रामवरण यादवले रंगशलामा ट्रफी उचाल्ने कार्यक्रम छ । ट्रफीलाई विजेता टिमका कप्तान र कुनै देशका राष्ट्रप्रमुखले मात्र छुने वा हातमा लिने प्रावधान छ । रंगशालामा ट्रफी ८ घण्टा जति राखिने छ । रंगशालामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।


Image Courtesy: FIFA.COM

भोट हालेर फर्कदै गर्दा मृत्यु

वीरगन्जमा एक मतदाताको मतदान गरेर बाहिर निस्कने वित्तिकै मृत्यु भएको छ । आज बिहान करिब ८ बजे पर्सा क्षेत्र २ को नेशनल ट्रेडिङ रहेको मतदान केन्द्रमा मत दिएर बाहिर निस्केका वीरगञ्ज उपमहानगरपनालिका १५ मुरली निवासी ७३ वर्षीया गौरीशंकर मानन्धरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भोट खसालेर बाहिरिंदैं गर्दा एक्कासी लडेपछि प्रहरीले उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसअघि उनी विरामी नै रहेको पारिवारिक स्रोतले जनाएको छ ।

क्यासिनो सांग्रीला सधैंका लागि बन्द

काठमाडौं, असोज १३ । सरकारको पछिल्लो नियम र मजदुर ज्याजतीका कारण विदेशी लगानीको क्यासिनो सांग्रीला सधैंका लागि बन्द भएको छ।

क्यासिनो बन्द भएपछि त्यहाँ कार्यरत करिब ५ सय मजदुर बेरोजगार भएको आजको नागरिक दैनिकमा खबर छ।

राजनीतिक दलसम्बद्ध मजदुर संगठनहरू बीचको द्वन्द्वबाट आजित व्यवस्थापनलाई सरकारले जारी गरेको 'क्यासिनो नियमावली २०७०'ले बन्दै गर्न थप बल मिलेको हो। व्यवस्थापनले शनिबार दुईबजेबाट क्यासिनो बन्द गरिएको औपचारिक सूचना टासेर तालाबन्द गरेको हो।'मजदुरको ज्याजती त छँदै थियो, त्यसमाथि सरकारको नयाँ नियमावलीले थप धक्का दियो,' क्यासिनो व्यवस्थापन स्रोतले भन्यो,'बाध्य भएर बन्द गरेका हौ।'

लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रीलाको परिसरमा रहेको उक्त क्यासिनो मेलेसियाली कम्पनी गोल्ड सोर क्यापिटलको सतप्रतिशत करिब ७० करोड रूपैयाँ लगानी थियो। सात वर्षदेखि सञ्चालीत क्यासिनोमा ४ सय ३८ जना कर्मचरी रहेका छन् ।

छात्रा जिस्क्याउने शिक्षक पक्राउ

रौतहट – स्नातक प्रथम वर्षको परीक्षा दिँदै गरेकी एक छात्रालाई जिस्काएको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। गौरस्थित जुद्ध उच्च माध्यमिक विद्यालयमा बिबिएस प्रथम वर्षको परीक्षा दिँदै गरेकी गौरीशंकर यादव क्याम्पसकी छात्रालाई जिस्क्याएको आरोपमा शिक्षक बच्चु महतो पक्राउ परेका हुन् ।
शिक्षक महतोले भने चिट चोर्न नदिएको रिसमा छात्राले आफूमाथि आरोप लगाएको बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका निरीक्षक विजय पण्डितले महतोलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताएका छन् । 

शिक्षकले कुट्दा विधार्थीको दाँतै भाँचीयो

सीता भण्डारी
गुल्मी, १४ असार । गुल्मीको हाडहाडेमा रहेको निन्यूखर्क माध्यमिक विद्यालयका शिक्षकले एक विद्यार्थीलाई भौतिक कारवाही गरी गम्भिर घाईते बनाएको भन्दै विद्यालयको पुर्व विद्यार्थी मञ्चले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विद्यार्थीलाई शिक्षकले अङ्गभङ्ग हुने गरी कारवाही गर्न कुनै शिक्षा नीति र नैतिकताले दिँदैन भन्दै पुर्व विद्यार्थी मञ्च, काठमाण्डौले गएको असार ९ गते आईतवारका दिन विद्यार्थी सीता विश्वकर्मालाई शिक्षक कृष्ण कुवँरले भौतिक कारवाही गरी गम्भिर घाईते वनाएको घटनाप्रति एक प्रेस विज्ञप्ती जारी गरी गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संयोजक कृष्ण विष्ट र सहसंयोजक श्यामकुमार विश्वकर्माद्धारा जारी विज्ञप्तीमा घाईते छात्राको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अमर्यादित तथा शिक्षा नीति विपरीत कार्य गर्ने शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले तत्कालै वरखास्त गरी पीडित छात्रालाई क्षतिपुर्तिसहित नि:शुल्क औषधी उपचार गर्न माग समेत गरिएको छ । विज्ञप्ती अनुसार घाईते छात्राको भैरहवामा उपचार भएको छ । यता विधालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र सुनारले पहिले घाईतेको उपचारलाई प्राथमिकता दिईएकोले अव कुटपिट गर्ने शिक्षकलाई कारवाहीकालगि विधालय समक्ष कुरा रख्ने वताउनुभएको छ । यता विधार्थीले भने बिद्यालय ब्यवस्थापनले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् ।
सहपाठीलाई सिकाई दिएको निहुँमा कुटििपट गर्दा विधार्थी सीता विकको दात भाँचिनुकासाथै टाउकोमा समेत चोट लागेको वताईएको छ ।

छोरा लुकाएर बुहारीको बिचल्ली बनाउने सासु नियन्त्रणमा

प्रेम सुनार
असार ६, गुल्मी । गत एक वर्ष देखि छोरालाई भारतमा लुकाएर राख्ने र यता गाउँमा बुहारीलाई विचल्लीमा पार्ने सासुलाई गुल्मी नेटा गाविसका महिलाहरुले नियन्त्रणमा लिएका छन् । नेटा गाविस वडा नम्वर ५ निवासी दिपक वि.क.लाई भारतमा राखी यता बुहारी कमला बि.क.लाई विचल्लीमा पार्ने सासु कान्छी बि.क.लाई शिव शंकर आमा समुह नेटा ६ का महिलाहरुले गाविस सचिव मेघराज पोखरेलको रोहवरमा नियन्त्रणमा लिई छोरा घर नबोलाए सम्म भारत जानबाट रोकेका हुन् ।
‘उनि केहि दिन अघि भारतबाट घर आई बुहारीलाई बेवास्ता गर्दै भारत फर्किन लागेकी थिईन’ समुहकी अध्यक्ष रनमाया पुनले भनिन् –‘छोरालाई उतै भारतमा राख्ने यता बुहारीलाई विचल्लीमा पारे पछि उनलाई रोकेर राखेका छौं ।’ ‘विवाह गरेको चार वर्ष भयो गत एक वर्ष देखि दिपकले श्रीमति कमलालाई हेरविचार गर्न छाडेपछि उनको अवस्था कारुणीक रहेका छ’ पुनले थपिन–‘उनकी आमालाई भारत जान दिने हो भने उनका छोरा नआउने देखेर गाविस सचिव लगायतका भद्र भलादमी सहित आमा समुहले रोकेर छोरा नमगाए सम्म जान नदिने निर्णय गरेका हौं ।’
नेटा ६ स्थित कमलाका माईती गरिव छन् । दैनिक मजदुरी गरेर जिविका गरेकी १८ वर्षिया कमलाका श्रीमान दिपक सहित स–परिवार भारतमै नोकरी गरेर बस्ने र कमलालाई वेवास्ता गर्दै आएको अध्यक्ष पुनले बताईन् ।

शिक्षकको कुटाईबाट १३ बर्षिय विद्यार्थी बिरामी

गुल्मी टुडे
गुल्मी १४ जेठ । विद्यालयमा शिक्षकले विद्यार्थीलाई यातना दिन नपाईने भनेर पटक पटक सरकारले निर्देशन दिएपनि गुल्मीको धुर्कोटरजस्थलमा शिक्षकको कुटाईबाट एक विद्यार्थी विरामी परेका छन् । धुर्कोट रजस्थलको धुर माध्यमिक विद्यालयका शिक्षक मनोहर पन्थीको कुटाईबाट कक्षा ६ का छात्र १३ वर्षिय अर्जुन नेपाली विरामी भएका हुन् ।

विरामी परेको कारण गत बैशाख २६ गतेदेखि विद्यालयमा जान नसकेका नेपाली सोमबार दिउँसो शिक्षकले कुटेपछि छाद्ने विमारबाट पिडीत भएको उहाँका बुबा शेर बहादुर नेपालीले बताउनुभयो । केहीदिन अघिमात्रै एपेण्डिक्सको अप्रेसन गरेको विरामीलाई गृहकार्य नगरेको भन्दै कुटेको उहाँले बताउनुभयो । ‘२६ गतेदेखि विद्यालयमा नगएको, लेख्न सक्ने अबस्था थिएन – उहाँले भन्नुभयो – ‘ किन होमवर्क गरेनस भन्दै कोखा(पेट)मा हानेछन्, उल्टी (छाद्ने) गरेर हैरान छ ।’
विरामी छु भन्दा पनि कुटेको पिडीत अर्जुनले बताए । ‘बिरामी भएर लेख्न नसकेको भन्दा विरामी भएको त घर बस्न पर्छ स्कूल किन आएको भन्दै कुटे । ’ – उनले भने ।
आफूले विद्यालयमा छोरा विरामी भएको जानकारी गराएको भएपनि शिक्षकले कुटेको गुनासो गर्दा  प्रअ भोजराज भण्डारीले हकारेर पठाएको  शेर बहादुरको गुनासो छ । ‘मैले विरामी भन्ने जानकारी गराएको थिएँ, विरामी विदा पनि लेखेको हो थाहा हुँदा हुँदै कुट्नुभएछ – उहाँले भन्नुभयो –   तर हेडसरले २÷३ सय विद्यार्थी छन् हामीलाई के थाहा क कसलाई के हुन्छ भनेर फर्काउनुभयो । ’
विरामी नेपालीको धुर्कोट् प्राथमिक स्वाथ्यक केन्द्रमा उपचार भैरहेको छ । भर्खरै अप्रेसन गरेको विारमी छोरालाई ठूलै समस्या भयो भने आफूसंग उपचार खर्च नभएको शेब बहादुरको भनाई छ । उनले जथाभावी गर्ने शिक्षकलाई विद्यालयले सचेत गराउनुपर्ने र कुटाईबाट घाईते बालकको उपचार गर्नुपर्ने माग गरेका छन् ।

अन्तर्जातिय प्रेम बिवाह गरेका दुर्गा र बिष्णुलाई तेश्रो पटक पनि छुटाईयो

प्रेम सुनार
बैशाख १५, गुल्मी । ६ महिना अघि अन्तर्जातिय प्रेमविवाह गरेर भागेका गुल्मी अमरपुरका विष्णु नेपाली र दुर्गा पोखरेललाई परिवारले फकाएर घर झिकायो, केटालाई थाना-चौकी र केटीलाई खोसेर बुटवल लगेर हिंड्यो । तर केटीले विष्णुलाई त्याग्न सकिनन् र गत हप्ता आफै विष्णुको घर भित्रिन गईन । फेरी पनि उनका परिवारले छुटाएर लग्यो । प्रहरीमा आएकी उनि फेरी विष्णुकै घर भित्रिन गईन । त्यो दोश्रो पटक थियो हिजो तेश्रो पटक पनि छोरीलाई जवरजस्ती छुटाएर लग्यो परिबारले, यो अमरपुर गाविस वडा नम्वर ८ को खवर हो ।
छोरीले त्यति गर्दा पनि त्यो परिवारले फेरी छोरी हराएको भन्दै प्रहरीमा उजुरी पर्‍यो र प्रहरीको संरक्षणमा जवरजस्ती केटीलाई त्यहाँबाट लगेर गएको हो तर उनको अवस्था गए रातीदेखि अज्ञात छ । दलितसंग कुनै पनि हालतमा विवाह गर्न नदिने भन्दै १६ वर्षिय दुर्घा पोखरेललाई उनका परिवारजनले स्थानिय १८ वािर्षय विष्णु नेपाली बिचको सम्वन्ध छुटाउन वालविवाहको मुद्धा दिने धम्की दिँदै आएको थियो ।
प्रहरी कार्यालयबाट बाहिरिएका विष्णु र दुर्गा आफुहरुको सम्वन्ध अव कसैले छुटाउन नसक्ने भन्दै यसरी हात समाउँदै तस्विर खिचाएका थिए तर हिजोदेखि जबरजस्ती छुट्टाईए उनिहरु । थाह छैन उनिहरुले आफ्ना माया प्रेमका दुश्मनलाई फेरी लोप्पा खुवाउँछन वा सधैका लागि छुट्टिने हुन । तस्बिर: प्रेम सुनार 
‘बरु विष खाएर मर वा झुण्डीएर मर्छिस भने डोरी दिन्छु तर त्यो तल्ला जातसंग जानै दिन्न’ काका भिमप्रसादले भन्ने गरेको दुर्गाले बताईन । उनि यो तेश्रो पटक पनि परिवारबाट फुस्कीन नसकेर डाँको छाड्दै उनिहरुको कब्जामा बाध्य भएर हिंडेकी छिन् । काका भिमप्रसादले कुटपिट तथा यातना दिँदै गरेको उनले बतउँदै आएकी छन् । बिष्णु र आफु विचको सम्वन्ध छुट्याईदिए आत्महत्या गर्ने धम्की समेत दिएकी दुर्गाले प्रहरीमा आफुलाई २४ घण्टा भन्दा बढि समय राखिएकोले मुक्त गराउन ईन्सेक गुल्मीमा आग्रह गरेपनि प्रहरीले हिरासतमा नभई संरक्षणमा राखेको प्रतिकृया दिएको ईन्सेक प्रतिनिधी नरेश भण्डारीले बताए ।
विष्णुलाई दुर्गासंग भेट गर्न नदिएको र फेरी लगेमा आफुहरुले फेरी समातेर माईतीकै जिम्मा लगाई दिने भन्दै आफुलाई प्रहरीले धम्काएर पठाएको विष्णुले बताए । तर प्रहरी निरक्षक जितेन्द्र बस्नेतले आफुहरु उनिहरुको मिलन होस भन्ने पक्षमा रहे पनि उनिहरुको विवाह गर्ने उमेर नपुगेका कारण परिबारको जिम्मा लगाईएको बताए । उता विष्णुका परिबारले भने पोखरेल परिबार आँफैले छुटाउन नसकेपछि प्रहरीको साहरा लिएको र उनिहरु तेश्रो पटक पनि छुटाउन सफल भएको आरोप लगाएको छन् ।
पहिलो पटक मंसिरमा प्रेमविवाह गरी भागेका यि जोडीलाई छुटाएर बुटवलतिर लगेर विवाह गराउन खोजिएको थियो । ‘दुई तिनवटा केटा देखाए मैले मानिन’ दुर्गाले भनिन् ‘आफुहरुले विवाह गराईदिन उमेर नपुगे पनि हुने, म विष्णुसंग विवाह गर्दा वालविवाहको मुद्धा दिउँ की दुर्गालाई छाडछस् भनेर धम्काउने?’ दुर्गाले थपिन, 'बरु म जेल जान तयार छु तर म विष्णुलाई त्याग्न सक्दिनँ ।’
गए राती तम्घासको एक होटलमा राखिएकी दुर्गा निकै रोएको र जवरजस्ती वुटवलतिर लैजाने प्रयास भैरहेको बताईएको छ । दलित भएको भन्दै विष्णुका परिबारलाई घृण गर्ने, धम्काउने र दुख दिने कार्यमा स्थानिय शिक्षक समेत रहेका उनका काका भिमप्रसादले प्रमुख भुमिका खेलेको स्थानिय दलित अगुवाहरुले बताएका छन् ।
उमेर नपुगे पनि एक अर्का विना बाँच्नै नसक्ने अवस्थामा पुगेका यी जोडीलाई फिल्मी शैलीमा तेश्रो पटक पनि छुटाईनु प्रती दलित अधिकारकर्मीले खेद प्रकट गरेका छन् । ‘हामीले त उमेर पुगेको छैन विवाह नगर भनेर सम्झाएकै हो तर दुर्गाले नै उनि विना बाँच्नै सक्दिन भनेपछि हामी मौन बसेका हौं’ दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्मालो भने, ‘कुनै न कुनै बहानमा अफ्ठयारो पारेर दलितसंगको बैबाहिक सम्वन्ध छुटाउन हिजो जे जति षडयन्त्र हुन्थे आज पनि त्यो कायमै छ । जातिय विभेद माथीको यो निन्दनिय विषयलाई सञ्चार माध्यमले महत्वका साथ उठाई दिनु प¥यो ।’
तिन पटकसम्म छुटाएर पनि छुट्टिन नचाहेकी दुर्गालाई त्यसरी जवरजस्ती छुटाएर चोख्याउँदै अव कुन चाँही स्वःजातियलाई फसाईने हो, तर मैले छोड्दिन वियोगको पिडाले तिन दिन देखि खान नखाएका विष्णुले भने तिमी जहाँ छौ सुचित गर म लिन आउँछु ।’ श्रोतका अनुसार दुर्गाले फोन गरेर सुचित गर्न चाहेपनि परिवारले फोन प्रयोग गर्न र बाहिर निस्कन दिएको छैन । उनि माथी परिबारले यस अघि पनि कैदी–बन्दीको ब्यबहार गर्दैआईरहेको थियो ।

५५ वर्षदेखि बिद्यालयको परिचर ८७ वर्षिय बृद्ध


प्रेम सुनार
बैशाख १, गुल्मी । उनका दौँतरी मध्य कसैको मृत्यु भयो, कोही बिमारले खाडिएर थातै दिशा पिशाव पनि भएका छन् । उनका सामु उनैले धरालो गरेर हुर्काएकाहरु अहिले साठी नाघेँ, बुढो भईयो भन्दै लौरो टेकेर हिड्नेहरु पनि छन् तर उनै भिमलाला बुवा ८७ वर्षको उमेरसम्म बैँस उमेरकै जोँसका साथ गत ५५ वर्षदेखि एक विद्यालयमा परिचरको काम गरिरहेका छन् । यो गुल्मी हुँगाको सुखद खवर हो नव वर्ष २०७० का लागि ।

२०१६ देखी २०७० सम्म


जन जागृति उच्च माध्यामिक विद्यालय हुँगा ६ ठुलापोखराका प्रधानध्यापकदेखि शिक्षक, विध्यार्थी, अभिभावक सबैले भिमलाल बुवा भनेर पुकार्ने हुँगा गाविस स्थित ठुटेपिपल माझथर निवासी भिमलाल सुवेदी २०१६ सालदेखखि २०७० सम्म आई पुग्दा अनवरत विद्यायलको परिचर रहेका हुन् । ‘२०१६ सालमा त्यो बिद्यालय स्थापना गर्दा नि:शुल्क पियनको काम सुरु गरेको हुँ’, भिमलालले भने ‘तिन वर्षपछि २०१९ सालमा जव बिद्यालय मिडिल बन्यो तव ४५ रुपैयाँ मासिक तलव खान थालेको हुँ ।’

८५ बर्षमा पनि युवा सरह जोश र जाँगर

पातलो शरिर, सानो गाँठीका भिमलाल आधा घण्टाको दुरीमा पर्ने घरबाट ठिटाहरुकै दाँजोमा हिँडेर विद्यालय आउने गरेको र उनि समय अनी अनुशासनका पालक त्यसैगरी कर्तब्य निष्ठाका उदाहरणीय पात्र भएको बिद्यालयका निमित्त प्राचार्य विजयकुमार झाले बताए ।
‘यो उमेरमा उहाँमा देखिएको जोस, जाँगर , उमङ्ग र कार्यप्रति निष्ठावान मैले अन्यत्र कतै देखेको छैन’ झाले थपे, ‘उदाहरणका पात्र हुनुहुन्छ ।’ गर्मि होस की जाडो मौसम, बाह्रैमास एकनास उहाँ विहान साढे ६ वजेबाट सन्चालन हुने प्लस टु कक्षाका लागि ६ वजेर १० मिनेटमा ठ्याक्क आईपुग्नु हुन्छ र गर्नुपर्ने सबै तयारी समयमै गरिसक्नुहुन्छ’ झाले भने –‘यो उमेरमा त्यस्तो फुर्तिलो र काम काजी मान्छे झ्याप्प फेला पार्न मुस्कील नै हुन्छ’ उनले थपे ‘विध्यार्थीहरुलाई अनुशासनमा राख्नु भाछ, माया पनि गर्नुहुन्छ र आबश्यक परे गाली पनि गर्नुहुन्छ, विद्यार्थी र सरहरुले पनि आदर गरेर भिमलाला बुवा भनेर पुकार्ने गर्दछन् म आफैले पनि भिमलाल बुवा भनेर आदर गर्ने गर्छु उहाँलाई काम भए पुग्छ अरु केहि चार्हिदैन ।’

लाखौंँमा एक

शिक्षिका कमला भण्डारीको नजरमा यति लामो समय र त्यो उमेर सम्म अनवरत काम गर्ने परिचर देशमै पहिलो हुनु पर्दछ । कमला भन्छीन –‘शिक्षा मन्त्रालयले खोजेर यदि उहाँ त्यो उमेरमा बिद्यालय परिचर रहने देशमै पहिलो ब्याक्ति हो भने उहाँको बाँकी जिवन निर्वाहका लागि उचित ब्यवस्था गरिदिनु पर्ने हो, हामीलाई त लाग्छ उहाँ देशमै पहिलो ब्यक्ति हो ।’
जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्याल भन्छन्– ‘उहाँ उमेरका हिसावले मात्र होईन लगनशिल र कर्मठ ब्याक्तिका हिसावले पनि सम्मानका पात्र हुनुहुन्छ ।’ अझ थप्छन, ‘म विध्यालय मै गएर बुझ्दा सवैबाट उहाँ असाध्धै लगनशिल र कर्मठ ब्याक्ति भएको पाएँ ।’ यो जिल्लामा त त्यति लामो समय र उमेरसम्म परिचर रहेका ब्याक्ति छैनन, देशभरमै त ठ्याक्कै भन्न सक्दीँन तर उहाँ त्यस्तो ब्याक्ति हुन पनि सक्नुहुन्छ’ अर्यालले भने ।

पुराना दिन

‘२०१६ सालमा कसैले दारपात ल्याईयो, कसैले ढुङ्गा, माटाको जुगाड गरी एक तला पुरेर ढुङ्गाले छाएर बिद्यालय बनाएका हौं’, भिमलालले भने । उनले त्यो विद्ययालय स्थापना गर्दाका ब्याक्तिहरु मध्य हुँगा १ गैराखर्कका स्वर्गिय थानेस्वर भण्डारी, शिवलाल भण्डारी, वडा नम्वर २ का जमदार चिन्तामणी ढेंगा मगर लगायतलाई सम्झीदै भने–‘उहाँहरुले हात जोडेर तिमी बसीदेउ भनेर भन्नु भएर बसेको हुँ अहिले उहाँहरुको मृत्यु भयो भित्तामा रहेको फोटो हेर्ने गर्दछु ।’ उनले ताते गराउँदै त्यसै विध्यालयमा पढाएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई सम्झिँदै भिमलालले भने– ‘चन्द्रबाबुले पनि यहिँ पढेर गएका हुन् सार्है मेहनती विध्यार्थी थिए ।’ उता नेता भण्डारीले भने भिमलाल प्राचार्य भन्दा पनि ठुला ब्याक्ति भएको बताए । ‘उहाँ त विध्यालयको सवैभन्दा ठुलो ब्याक्ति हो, हामीलाई असाध्यै स्यहार गर्नुहुन्थ्यो, उहाँ प्राचार्य भन्दा पनि मान्ने मान्छे हो ।’ त्यस विध्यालयमा उहाँको जतिको योगदान अरुको छैन उहाँ सम्मानका पात्र हुनुहुन्छ’ –स्थानियबासी समेत रहेका नेता भण्डारीले भने ।
‘४५ रुपैयाँ तलब थियो त्यसले घर चलाउन गाह्रो हुने गर्दथ्यो, निकै अनिकालको सामना पनि गरे भिमलालले भने – ‘मुसिकोट, पौँदीअमराई सम्म पुगी कोदो बेसाएर छोरा छोरी हुर्काएको हुँ’ भिमलाले दु:खका दिन सम्झिए ।
अहिले कस्तो छ त घरयासी अवस्था  ?
‘उस्तै भएर त यो बुढेसकालमा पनि परिचरको काम गरीरहेको छु’ उनको यस्तो जवाफ थियो ।
विगतमा दलित अगुवाहरुले विशेषतः व्राम्हणहरु आफुले काम नगरी अरुलाई कजाई खाने समुदाय भनेर आरोप लगाउने पनि गर्दथे तर ब्राह्मण जातको तपाईले ८७ वर्षको उमेरमा पनि त्यस विध्यालयका सवै जातजातीका सरहरुका जुठा गिलास माझेर त्यो आरोप मिथ्या सावित गरी दिनु भा’हो ? भन्ने प्रश्नमा उनले भने –‘हो त्यस्ता आरोप लगाउनेहरुले यसरी नै काम गरे राम्रो हुन्छ ।’ ‘मेरा घर वरीपरी दलितका घरहरु छन् । तितो पिरो हामीमा हुँदैन । उनिहरुले मलाई असाध्यै मान्छन् मैले पनि उनिहरुलाई मान्छु । समाज यसरी  चलेको छ हाम्रो , सवै भन्दा काम प्यारो रै’छ सवैले रुचाउँछन्’ – उनले भने । त्यो जमानामा १५ वर्षका भिमलाल संग आँपचौरकी ८ वर्षिया बालिका टिकीसंग विवाह भएको थियो । ‘१३ वर्षमा उनले छोरा जन्माईन’ भिमलालले भने –‘पछी उनको मृत्यु भयो । ’
४ छोरा ३ छोरी रहेका भिमलालले छोरा छोरी स्याहर सुसार गर्न नसकेपछि ६० वर्षको उमेरमा रिमुवाकी ३० वर्षिया सुमित्रालाई दोस्रो विवाह गरेको बताउँछन् । ‘एकातिर श्रीमतिको मृत्यु अर्कोतिर शोक माथी सन्ताव भनेझै ठुलो छोरा पनि वित्यो । घरमा केहि थिएन । एकचोटी त सारै विरक्त लाग्यो र मरुँ कि जस्तो पनि लाग्यो तर पछि हरेस खाईन, खानु पनि हुन्न आँट गरें, अहिले छोराहरु हुर्केर यसो सास फेर्न पाएको छु’–उनले भने । उनले ति दु:खका दिन सम्झीँदै भने–‘घरमा खाने खर्च हुँदैनथ्यो । कहिले काहीं गाउँमै पैँचो मागेर पनि चलाईयो ।’

भिमलालको ईमान्दारिता र बफादारीता

भिमलाल पुराना संघर्षका दिन सम्झेर विरक्त हुँदै रेडियो कार्यक्रम ओझेलका खवरमा डाँको छाडेर रोएका थिए । भिमलाल पनि रुँदै भने –‘हामी गरिबलाई कसले हेर्ने ? पार्टीहरुले आफ्ना आफ्ना मानिसहरु मात्रै तान्छन्, हामी गरिवलाई कसैले हेर्दैनन् ।’ द्धन्द्धकालमा सुरुक्षाको कारण देखाई थुप्रै शिक्षक, नेताहरु सदरमुकाम र राजाधानीमा बसेर द्धन्द्ध पिडित बनिरहँदा भिमलाल भने विध्यालयमा कसैले क्षति पु¥याउँछन् कि भन्ने पिरले बिद्यालयमै सुत्ने गर्दथे ।
‘बहुदल ताका पनि चार पाँच सय मान्छेले यो विध्यालय घेर्न आए म लौ के गर्छौ भनेर अगाडी बढ्ने गर्दथे’ भिमलालले भने–‘द्धन्द्धकालमा पनि मेरो विस्तरा विध्यालयमै रह्यो अहिले पनि छ, ३० वर्ष भयो मेरो विस्तरा यहिँ नै छ ।’ यस हिसावले उनले परिचर मात्रै गरेका छैनन् रातमा चौकिदारी पनि गरेका छन् । उनको त्यो खटन पटन देख्दा शैक्षिक क्षेत्रका सच्चा पहरेदारी भन्न सकिन्छ तर अहिले आएर उनको मासिक तलब बल्ल बल्ल ६ हजार पुगेको छ । उनले विध्यालय ब्यबस्थापन समितिले भन्दा बढि काम गर्दै आएको स्थानियबासी बताउँछन् । स्थापना कालखेखि लामो समय सम्म शिक्षकहरु उनले कहिले धुर्कोट त कहिले पाल्पा सम्म पुगेर खोजेर ल्याउने गर्दथे ।

सरोकारवालाहरुको उदासिनता

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रणबहादुर पल्ली भन्छन्, "उहाँको योगदान सम्झीने हो भने त जती तलव दिए पनि कम हुन्छ तर के गर्ने राज्यले भिमलाल जस्ता ब्यक्तित्वलाई उपेक्षा गरेको छ, हामीले निजी श्रोतबाट दिनसक्ने अवस्था छैन ।’ उनलाई सुरुदेखि त्यस विध्यालयमा खटेको दख्नेहरु भन्छन्, ‘भिमलाललाई राज्यले योगदानको कदर स्वरुप मानार्थ शिक्षकको पेन्सन दिनुपर्ने हो ।’
भिमलाल भन्छन् ‘मलाई अरु बरु केहि चाँहिदैन तर म जस्ता सारा विध्यालयका परिचरहरु माथीको यो उपेक्षा र राज्यबाटै श्रम शोषणको अन्त्य होस भन्ने चाहन्छु ।’

पानी खाने बहानामा छिरेका लुटेराले किशोरी बलात्कार गरे


काभ्रे, चैत्र १४ - एसएलसी दिएर बसेकी एक किशोरी सामूहिक बलात्कारको शिकार भएको छन् ।

पानी खाने बाहानामा मंगलवार राति घर भित्र छिरेका हतियारधारी अज्ञात समूहले मेथिनकोट-८ काफ्लेथोककी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेका हुन् । ती समूहले उनीमाथि बलात्कार गरेपछि उनको घरमा लुटपाट समेत गरेका थिए । 'लुटपाट गरी किशोरीमाथि सामूहिक बलात्कार गर्नेको खोजी गरिरहेका छौ,' ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख सुवास खड्काले भने 'बालिका माथि ४ जनाले पालैपालो बलात्कार गरेका रहेछन ।'

अनुहार लुकाउँदै पानी माग्ने बहानामा बालिकाको घर भित्र ८/१० जनाको अज्ञात समूह छिरेको थियो । त्यो समूहले बालिकाको बाबुको घाटीमा खुकुरी राखेर घरमा भएको नगद, सुन लगायतका सामान लुटपाट गरी बालिकामाथि बलात्कार गरेको थियो ।

सासू र आमाजूको कुटाइले बेहोस

काठमाडौ, चैत्र ९ - चितवन  ऋणको विषयमा पारिवारिक विवाद हुँदा एक एकल महिला निर्घात कुटिएकी छन् । गर्दी २ की २५ वर्षीया चानमती लामा (महतो) सासू र आमाजूको कुटाइबाट बेहोस भएकी हुन् । उनलाई सासू सीता र आमाजू भागिरथी महतोले कुटेका हुन् । कुटाइबाट उनको टाउको फुटेको छ भने विभिन्न अंगमा चोट छ । मंगलबार साँझ उनलाई सासू र आमाजूले मिलेर चिर्पटले जथाभावी कुटपिट गरी बेहोस बनाएका थिए । भरतपुर अस्पतालमा उपचारार्थ लामाको टाउकोमा १२ टाँका लगाइएको छ । उनको २ दिनपछि होस खुलेको हो । बिहीबारबाट सामान्य बोल्न थालेको आमा सुकमाया महतोले बताइन् । उनको २०६० सालमा पढ्दापढ्दै राजकुमार लामासँग प्रेमविवाह भएको थियो । २०६४ वैशाखमा टाइफाइडबाट श्रीमान्को मृत्यु भएपछि चानमतीलाई परिवारले मानसिक तथा शारीरिक यातना दिँदै आएका थिए । 'ज्वाइँ बितेपछि बारम्बार छोरीलाई परिवारका सदस्य मिलेर यातना दिँदै आएका थिए,' आमा सुकमायाले भनिन्, 'छोरीले हामीलाई नभनेर यातना सहँदै आएकी थिई, अहिले त ज्यानै लिने प्रयास गरे । अझै कति यस्तो अन्याय सहनु ।' उनले सामान्य ऋणको विषयलाई लिएर छोरीलाई कुटपिट गरेर मार्न खोजेको आरोप लगाइन् । उनकी ८ वर्षकी एउटी छोरी छन् । राम्ररी बोल्न नसक्ने उनले कुटाइका बारेमा कुनै प्रतिक्रिया दिन सकिनन् । परिवारले सबैलाई भाग लगाएर गाउँमा बाँकी रहेको ऋण तिराउने निर्णय गरेका थिए । उनको भागमा ३८ हजार ऋण तिर्ने जिम्मा आएको थियो । आफ्नो भागमा आएको ऋण तिर्न उनी तयार थिइन् । 'छोरीले ऋण तिरिसकेपछि तमसुक आफ्नै अगाडि च्यात्नुपर्छ भनेकी थिई,' बुबा सीएन महतोले भने, 'परिवारले मानेनन् । अरू पनि ऋण तिर्नुपर्छ भन्दै छोरीसँग भनाभन गरे ।' उनले आफू घर फर्किएको केही समयपछि छोरीमाथि कुटपिट भएको बताए । -कान्तिपुर दैनिकबाट

तीन किशोरीलाई मोसो दलेर गाउँ डुलाइयो


गणेश लम्साल/नयाँ पत्रिका
विराटनगर, १९ फागुन
गाउँमा राति हिँडडुल गरेर सामाजिक विकृति ल्याएको 'अभियोग' लगाउँदै स्थानीय केही युवाले मोरङ मधुमल्लाका तीन किशोरीलाई मोसो र जुत्ताको माला लगाएर गाउँ डुलाएका छन् । आरोप लगाउने, अनुसन्धान गर्ने र फैसला सुनाउने युवालाई स्थानीय समाजले पनि साथ दिएको थियो ।
मोरङको मधुमल्ला- ३ र छिमेकी गाविस इलामको साक्फारा- २ का सीता विश्वकर्मा, गीता साम्पाङ र रीता राई -थर मात्र वास्तविक) गत सोमबार साथीको बिहेमा भेला भएका थिए । उनीहरू साथीको बिहेमा रमाएर राति सीताको घर फर्केर सँगै सुतेका थिए ।
स्थानीय गीताञ्जली निमावि कक्षा सातमा पढ्ने सीता बिहानै विद्यालय गएकी थिइन् । तर, उनलाई स्थानीय तीन युवा रमेश बोहोरा, अशोक साम्पाङ र टंक श्रेष्ठले नियन्त्रणमा लिएका थिए । १४, १६ र १७ वर्षका ती युवतीलाई नियन्त्रणमा लिने युवाहरू ३०-३५ वर्षका हुन् ।
सीतालाई समातेर उनीहरूले तिम्रा साथी कहाँ छन् भन्दै केरकार गरेका थिए । सीतालाई जबर्जस्ती घरमा ल्याएपछि उनका दुई साथीलाई पनि उनीहरूले नियन्त्रणमा लिएर स्थानीय चोकमा पुर्‍याएका थिए । त्यतिन्जेलसम्म स्थानीय दुई विद्यालका सारा विद्यार्थी जम्मा भइसकेका थिए ।
सारा विद्यार्थी र समाजका सामु तीन युवाले ती किशोरी छाडा भएको र उनीहरूले समाज बिगार्न सक्ने भएकाले दण्डित गर्नुपर्ने निष्कर्ष सुनाएका थिए । 'हामीले केही गल्ती गरेका छैनौँ, साथीको बिहेमा गएका हौँ, हाम्रो बेइज्जत नगरिदिनोस् भन्दै केटीहरू रोइरहेका थिए, तर ती दानवजस्ता केटाहरू किशोरीहरूलाई चरित्रहीन भन्दै गाली गरिरहेका थिए,' स्थानीय गोपाल नेपालीले भने । उनका अनुसार किशोरीहरूले बिन्ती गरिरहेका थिए, तर न कसैले उनीहरूको वास्तविक गल्ती के हो भनेर सोध्यो न कसैले अमानवीय काम गर्नबाट ती युवालाई रोक्यो ।
करिब हजारको भीडबीच रोइरहेका किशोरीलाई तीन युवाले मोसो लगाए, जुत्ताचप्पलको माला लगाइदिए । अनि दर्शक सबैलाई ताली पिट्न भने, भीडले ताली पनि बजायो । तालीबीच तीन किशोरीलाई गाली-बेइज्जती गर्दै स्थानीय चोकचोक पनि घुमाइयो ।
अमानवीय यातना सहेका किशोरी विक्षिप्त छन् । आफन्तको सहयोगमा उनले स्थानीय मधुमल्ला प्रहरीचौकीमा उजुरी दिएका थिए । प्रहरीले उनीहरूलाई पक्राउ गरिसकेको छ । तर, उजुरी फिर्ता नलिए ज्यान मार्ने धम्की दिएका थिए, तर पीडित पक्ष दोषीलाई कारबाही गराएरै छाड्ने मनस्थितिमा पुगेको छ ।
मधुमल्ला प्रहरीचौकीका असइ ईश्वर कार्कीका अनुसार तीन युवाले विद्यार्थी र समाज भेला गरेर तीन किशोरीको बेइज्जत गरेको पुष्टि भएको छ । उनले पक्राउ परेका तीन युवालाई इलाका प्रहरी कार्यालय उर्लाबारी चलान गरिएको बताए ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक ढुण्डी न्यौपानेले मोसो दलेर यातना दिनेहरूलाई गम्भीर अपराधअन्तर्गत कारबाही चलाउने बताए । 'प्रमाण लगभग जुटिसकेको छ, उनीहरूमाथि सख्त कारबाही हुन्छ,' उनले भने ।
नयाँ पत्रीकाबाट

उमेरले छेकेन प्रेमलाई

हेटौंडा, फाल्गुन २० - पत्नी गुमाएका वृद्ध र पति गुमाएकी महिलाले दशकदेखि झांगिएको प्रेमलाई शनिबार बिहेमा परिणत गरेका छन् । दुवैलाई छोरी र भतिजाले मन्दिरमा लगेर विधिपूर्वक प्रणयसूत्रमा बाँधिदिए । दुवैका छोराछोरी, नातिनातिना छन् । दुवैलाई सन्तानले माया गर्छन् । भोजपुर कोट-९ का ६९ वषर्ीय गंगाबहादुर राई र काठमाडांै-४ की ४५ वषर्ीया सरस्वती थापा मगरबीचको प्रेम दाम्पत्य जीवनमा परिणत भएको हो ।
बेलायती सेनावाट निवृत्त राई र थापाको विवाह हेटौंडा-२ वनस्खण्डीको मन्दिरमा परम्पराअनुसार गरिएको हो । राई कोट-पाइन्टमा र थापा रातो साडी र चोलोमा सजिएकी थिइन् । बेहुला-बेहुली प्रसन्न थिए । बेहुला २४ वर्ष जेठो भएकाले अलि वृद्ध देखिन्थे । तर मुहारमा छाएको चमकले किशोर बनाएको थियो । बिहे हेर्दै ४४ वषर्ीया सुन्तली घिमिरेले भनिन्, 'दुवैले बुढेसकालमा सहारा खोजेछन् ।' धार्मिक पर्यटकीयस्थल वनस्खण्डीमा वनभोज खान आएकाको आकर्षणको केन्द्र यो विवाह बन्यो ।
हेर्न आउनेको भीडले पुरोहितलाई कर्मकाण्ड पूरा गर्न हम्मे परेको थियो । एक वर्षदेखि हेटौंडा-२ स्थित भतिजाको घरमा बस्दै आएका राईले थापाको सिउँदोमा सिन्दूर हाल्दा र पोते लगाउँदा हात कामेको थियो । दरिलो मनले उनले जीवन संगिनीको औंला समातेर औंठी लगाइदिनुका साथै सयपत्री फूलको माला पहिराई दिए । थापाले राईलाई औंठी र माला पहिराई दिइन् । भतिजा दलबहादुर राईले गंग्ााबहादुरलाई सहयोग गरेका थिए । सरस्वतीलाई माइली छोरी पुनमले साथ दिएकी थिइन् ।
बिहेमण्डपमा उनले आमालाई मात्र सहयोग गरेकी थिइनन्, दुलाहा-दुलहीको तस्बिर खिच्न पनि व्यस्त थिइन् । विवाह हेर्न आएका महिलाका छोराछोरीले 'बावुआमाको विवाह हेर्न हुँदैन भन्थे तर अहिले झन् विवाह नै गरिदिन्छन्' भनेर कानेखुसी गरिरहेका थिए । पुनः दाम्पत्य जीवनमा गाँसिएका राईको एक छोरा र दुई नातिनातिनी छन् । उनीहरू सबै भोजपुरमा बस्छन् । उनकी पत्नीको २०५२ सालमा निधन भएको थियो । थापाका तीन छोरी, एक छोरा र चार नातिनातिना छन् ।

दुई छोरी र छोराबुहारी बेलायतमा बस्छन् । एक छोरी र उनीमात्र काठमाडौंमा बस्दै आएका थिए । २७ वर्षदेखि थापाले एकल जीवन बिताउँदै आएकी थिइन् । पतिको २०४२ सालमा मृत्यु भएको थियो । राई र थापा विधिवत ढंगले प्रणयसूत्रमा गाँसिदा हषिर्त देखिन्थे । थापाकी छोरी १७ वषर्ीया पुनम खुसी थिइन् । उनको अनुहारमा अलिकति पनि पीरको संकेत थिएन । सञ्चारकर्मीसँग उनले भनिन्, 'उहाँहरूको इच्छा पनि पूरा भयो, दुवैले सहारा पनि पाए ।' करिब १५ हजारभन्दा बढी मासिक पेन्सन आउने राई र थापाबीच २०५९ सालमा काठमाडौंमा भेट भएको थियो । ती भेट अहिले बिहेमा परिणत भएको हो ।

'उनीसँग मेरो दस वर्षअघि काठमाडौंमा चिनजान भएको थियो,' राईले मुसुक्क हाँस्दै भने, 'अहिले बिहे भयो, अरू धेरै कुरा नभनौं ।' सिउँदोमा सिन्दूर र गलामा पोते पहिरिएपछि खुसी हुँदै थापाले भनिन्, 'हामी दुवैले बुढेसकालमा सहारा पाएका छौं, छोराछोरीहरूको सल्ल्ााह र सुझावमा दाम्पत्य जीवनमा गाँसिएका हौं ।'

सुरुमा दुवै पक्षका छोराछोरी बिहेको पक्षमा थिएनन् । पछि मात्र उनीहरू विवाह गरिदिन सकारात्मक भएको उल्लेख गर्दै थापाका आफन्तले भने, 'बूढाबूढीको चिनजान अचम्मैसँग बिहेमा बदलियो ।'
ईकान्तिपुरबाट

भारतबाट ४५ बर्षमा गाउँ फकिदाँ...


मनोज बस्नेत
गुल्मी, माघ ४ । नाम केश बहादुर थापा र उमेर ५५ बर्ष बताउने एक व्यक्ती गुल्मीको सदरमुकाम तम्घासमा भेटिनुभयो । उहाँलाई आफ्नो घर गुल्मीको ईश्मामा हो भन्ने सामान्य ज्ञान छ तर वास्तविक ठेगाना थाहा छैन् । आफु भारतबाट आएको बताउने उहाँ एक होटल व्यवशायीको सहयोगमा ईश्माको गाडिमा चढेर ईश्मा पुग्नुभयो, तर उहाँले आफ्नो घर पत्ता लगाउनै सक्नुभएन, न त उहाँलाई कसैले चिन्न सक्यो ।

 ‘म १० बर्षको हुँदा ईश्माबाट हिँड्दै तम्घास आएँ, त्यसपछि पाल्पा हुँदै भारत गएको हुँ’ उहाँले भन्नुभयो ‘ईश्माका मान्छे मरे भने छल्दि पनाहामा लगेर जलाउँछन् मलाई यो चाँही थाहा छ ।’ उहाँले घर ईश्मामै भएको बताउनुहुन्छ तर कहाँ भन्ने थाहा छैन । उहाँले आफ्ना परिवारका केहि सदस्यको नाम पनि सम्झनुभएको छ । ‘मेरो बुबाको नाम लिल बहादुर थापा हो, भाईको नाम दिल बहादुर थापा हो, म चार भाईमा जेठो हुँ तर अरु भाइको नाम बिर्सिसकेँ’ उहाँले भन्नुभयो । साथै आफ्ना २ दिदि र १ बहिनी भएको र ३ दिदि बहिनी मध्ये एउटीको गुल्मीकै दर्लिङमा बिबाह भएको हो ।’ उहाँले थप्नुभयो ।

आफु १० बर्षको छँदा ४ जना साथी मिलेर भारत पसेको उहाँ बताउनुहुन्छ ।  तर त्यतिखेर आफु सगैँ गएका आफ्ना कुनैपनि साथीको नाम याद छैन् । ‘२०२५ सालमा पनाहको झलुङ्गे पुल तरेर पाल्पा हुँदै ईन्डिया गएका हौँ ’ उहाँले भन्नुभयो ‘ त्यसपछि भारतको देहेरादुनमा बस्दै आएको छु ।’ ‘भारतमा त्यहिँको मान्छेको घरमा खेतिपातीको काम गरेर आज सम्म बसेँ’ उहाँले भन्नुहुन्छ ‘बुढेसकालमा घर परिवार चाहिन्छ भनेर नेपाल आएको हुँ ।’ भारतमै २२ बर्षको उमेरमा बिबाह गरेको उहाँले बताउनुभयो । अहिले पत्नी पनि सँगै आउनुभएको छ ।

ईश्माका शिक्षक छवि अधिकारीका अनुसार गाउँमा गाइँगुइँ मच्चिदा समेत उनीहरुलाई खोज्न कोहि पनि आएको छैन् । ‘आज ईश्मा आएका हुन परिवारका केहि कुरा पनि बताउँछन तर उनीहरुलाई घर कहाँ भन्ने थाह छैन्’ अधिकारीले भन्नुभयो ‘तपाईको मिडियाबाट कुनै सहयोग गर्न सकिन्छ कि ।’ थापा दम्पति अहिले ईश्मा मैदानमा रहेको एउटा होटलमा बसेका छन् । उनीहरुले कसैले आफुलाई चिनेमा ईश्मा मैदानमा पुगेर खोज तलास गर्न समेत अनुरोध गरेका छन् ।

रक्सीमा विषादी मिसाइ सेवन गर्ने युवतीको मृत्यु


भद्रपुर, माघ ४ - हिजो रक्सीमा विषादी मिसाएर सेवन गरेकी एक महिलाको मृत्यु भएको छ। झापा खुदुनाबारी-६ बस्ने ५२ वर्षीय फुलमाया लिम्बुको विषादी सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आफ्नै घरमा बिहान ३ बजे लिम्बुले रक्सीमा फोरेट नामक विषादी मिलाएर सेवन गरेकी थिइन्। विषादी सेवन गरेको परिवारजनले थाहा पाएपछि उपचारको लागि उनलाई मेची अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि धरान लैजाने क्रममा बाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ।

विषादी सेवन गर्नाका कारण खुल्न सकेको छैन। रासस

७० बर्षे सासुलाई बुहारीले यसरी कुटिन…


मन्थली , पुस २६ – सुनारपानी ८ कि ७० बर्षीया वृद्धा मसिना सार्की आफ्नै वुहारीबाट निर्घात कुटिएकी छिन् । घरमा एक्लै वसिरहेकी मसिनालाई वुहारी टीका रोकाले फलामे ढुंग्रीले टाउको, हात र पिँडुलामा प्रहार गरी घाईते वनाएकी हुन् ।

घाईते मसिनालाई स्थानीयले प्राथमिक उपचार गरी वुधबार मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा थप उपचारका लागि ल्याएका छन् । अस्पतालले मसिनाको हातको हड्डी फुटेको भन्दै काठमाण्डौं जान लागि सल्लाह दिएको छ ।

घाईते मसिनाका अनुसार टीकाले सौताले राखेका सरसमान लान थालेपछि ति सामानहरु नचलाईदेउ भन्दा वुहारीको कुटपिट सहनु परेको हो । टीकाकी सौता काम विषेशले काठमाडौं गएकीले उसले प्रयोग गर्ने सामान मसिनाकोमा राखिएको थियो । ‘मैले उसका सामान किन चलाईदेको मात्र भनेकी थिए, उसले एक्कासी भुत्ल्याउदै पहिला अम्रिसोको कुचोले वजाई अनि फलामे ढुंग्रीले जथाभावि हानी’ मसिनाले वताईन् ।

आक्रमणबाट सासुको टाउको फुटेपछि टीका भागेकी थिईन । रगत वगाउँदै रुवावासी गरी तत्कालै छिमेकी हरीवहादुरको घरमा पुगेकी मसिनालाई छिमेकी जम्मा भएर प्राथमिक उपचार गरेका थिए ।

‘यो समेत मलाई ११ पटक भो त्यस्ले कुटेकी’ थरथर काम्दै मसिनाले भनिन् । वुहारी टीका रोकालाई कसैले तह लगाउन नसकेकोमा उनको गुनासो छ ।

गुल्मीका महिलाद्वारा प्रधानमन्त्रीलाइ चश्मा उपहार


अनिल खत्री
गुल्मी, पौस २१- बलेश्वर गणेशराम केशरवानी धर्मशाला बुटवलको १९ औं बार्षिक साधारणसभा २१ औ शताब्दीमाको समतामुलक समाज निमार्ण हुन लागेको अबस्थामा देशका बिभन्नि क्षेत्रमा भएका महिलामाथिका जघन्य हिंसात्मक घट्नाहरुले सदियौदेखि महिला हक हित र अधिकार लागि लड्दै आइरहेको नेपाल महिला संघ गुल्मीले अत्यन्त स्तब्ध एबं सम्बन्धीत घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै शुक्रबार एक बिज्ञप्ती जारी गदै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रीलाइ बिज्ञप्ति पत्र बुझाएका छन ।
प्रधान मन्त्रीलाइ पठाइएको ज्ञापन पत्रमा देशमा पछिल्लो समयमा गुल्मी लगायत देशभर बिभिन्न स्थानहरुमा भएका महिला माथिका दिन प्रतिदिन बढदा घटनाहरुले नेपाल महिला संघ गुल्मी शसंकित भएको भन्दै राष्ट्रसेवक कर्मचारी बाटै नगद खोसिनु प्रहरीजस्तो सुरक्षा निकायका कर्मचारीबाट बलत्कारहुनु ,बर्दियाकी शिवा हास्मी , बाराकी बिन्दु ठाकुर,धादिङ्गकी सरस्वती सुवेदी ,अनामनगरकी सविता राई , सर्लाहिकी ममता महतो ,हेटौडाकी बिमिाया काडमाडौ थानकोटकी ७ वर्षीय बालिका गुल्मी हस्तिचौरकी १४ वर्षिय बालिका लगायत सयौ महिलाहरुले महिला भएकै कारणले बाबु आमा दाजु, श्रीमान र काम गर्ने निकाय आदिबाट बलत्कार हत्या हिंसा बोक्सीको आरोप यी दर्दनाक घटनाले कानुनको कार्यन्वयन कमजोर र कतिपय कानुनमा त्रुटी हो भन्ने आफनो ठहर रहेको उक्त बिज्ञप्ति पत्रमा उल्लेख गरिएको छ ।

यस्ता घटनाले महिलाको सुरक्षा मर्यादा र सम्मानजनक तवरले बाच्न पाउने अधिकारको हनन भएकोतर्फ नेपाल सरकार र सम्बन्धीत सरोकारवालाहरुको ध्यानकर्षण गराउदै यस्ता घटनाको रोकथाम गर्न समयमै उचित न्याय प्रदान गर्न नेपाल महिला संघ गुल्मीले जोडदार माग गदै यस्ता अपराधिक घटनामा संग्लन ब्याक्तिहरुलाइ कानुनको दायरामा ल्याइ निष्पक्ष छानबिन गरी कडा भन्दा कडा कार्वाही गरी पिडीत परिवारलाइ राहत क्षर्तिपूर्ती ब्याबस्था गर्न माग गरिएको छ । साथै यस्ता खाले घटना दोहोरिइ रहदा पनि नदेख्ने सरकारलाइ चश्मा उपाहर प्रदान गरेको नेपाल महिला संघ गुल्मीकी अध्यक्ष बिष्णु सापकोटा द्धारा हस्ताक्षेरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग