Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लाका १८ हजार बढी घरधुरी शौचालय विहिन

Published on 4:40:00 AM //


घनश्याम गौतम
गुल्मी– दुई वर्ष भित्र जिल्लालाई खुल्ला दिशामुक्त बनाउने अभियानमा सरोकारवालाहरुको ध्यान पुग्न सकेको छैन् । जिल्ला भर १८ हजार २ सय ४७ घरधुरी अझै शौचालय विहिन छन् ।
एक वर्षमा ६ गाविसलाई मात्र खुल्ला दिशामुक्त घोषणा गरिएको छ । बाँकी ६२ गाविसलाई सन २०१५ भित्र खुल्ला दिशामुक्त घोषणा गर्ने उद्देश्य ओझेलमा परेपछि तिब्रताका साथ अभियान संचालन गर्न लागिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख नारायण काप्mले बताए । ‘केही ढिलाई भएको छ’, काप्mलेले भने, ‘सरोकारवाला सबैको जोड पुगेमा २ वर्ष भित्र सबै गाविसलाई खुल्ला दिशामुक्त घोषणा गर्न सकिने अवस्था छ ।’ झण्डै १२ गाविसले खुल्ला दिशामुक्त गाविस घोषणाको प्रकृया अगाडी बढाएको र वाग्ला घोषणा गर्न मात्र बा“की रहेको काप्mलेले बताए ।
कार्यालयका अनुसार जिल्लाका ४८ हजार ३ सय ५३ घरधुरी मध्ये १८ हजार २ सय ४७ घरमा शौचालय छैनन् । ७९ गाविस मध्ये अमरअर्बाथोक र दिब्रुङ्ग गाविस सबैभन्दा बढी शौचालय नभएको गाविसमा परेका छन् । अमरअर्वाथोकका ५ सय २० मध्ये ३ सय ६२ घर र दिब्रुङ्गका ४ सय २ घरधुरी मध्ये २ सय ८३ घर शौचालय विहिन विहिन छन् ।
‘सफल खुला दिशा मुक्त अभियान, आत्मा सम्मान र प्रतिष्ठाको पहिचान’ भन्ने नाराका साथ शुरु गरिएको अभियान सफल पार्न खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले सरोकारवाला सबैलाई आग्रह गरेको छ । अभियान सफल पार्न जिविस, गाविस, खानेपानी कार्यालय, महासंघ सहित सरोकारवाला सबै एकैसाथ जुट्नुपर्ने आवश्यकता रहेको महासंघका अध्यक्ष मधुकृष्ण पन्तले बताए ।
‘दुई वर्ष भित्र बाँकी ६२ गाविस घोषणा अभियान देख्दा चुनौतीपूर्ण रहेपनि सबै जुटेमा त्यति धेरै समस्या छैन’, पन्तले भने, ‘केही चुनौती भने पक्कै छन् ।’ घोषणा गरिएका गाविसहरुमा पनि अनुगमन र जनचेतनाको अभियान संगसंगै लैजान जरुरी रहेको पन्तले बताए ।
जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता सम्वन्वय समितिका अध्यक्ष समेत रहेका स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले यस वर्ष कम्तिमा २० गाविसलाई खुल्ला दिशामुक्त घोषणा गर्ने लक्ष्य राखिएको बताए । जिल्लाको २ लाख ६४ हजार जनसंख्या मध्ये ६७ प्रतिशत जनतामा सरसफाईको पहुँच पुग्न नसकेको वाटरएड नामक गैरसरकारी संस्थाले प्रकाशित गरेको तथ्याङ्कमा उल्लेख छ ।

अभियानका पाँच  हजार प्रति ब्रोसर नै त्रुटिपूर्ण

कान्तिपुर संवाददाता
गुल्मी– देशका ७५ वटै जिल्लामा खानेपानी तथा सरसफाई अभियानमा सहयोग पु¥याउने गरी दाताको सहयोगमा वाटरएड नामक गैर सरकारी संस्थाले प्रकाशित गरेको ब्रोसरमै गल्ती भेटिएको छ ।
प्रति ब्रोसर झण्डै १० रुपैंया भन्दा बढी खर्च गरेर प्रकाशित गरिएका ५ हजार प्रति ब्रोसरमा जिल्लाको नक्सा, नाम र स्थानमा गल्ती भेटिएको हो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार अभियानको सहयोगका लागि वाटरएड नामक गैरसरकारी संस्थाले प्रकाशित गरिएको ब्रोसर गल्ती भेटिएपछि जिल्लाभर वितरण नगरी कार्यालयमै थन्क्याएर राखिएको छ ।
२०७३ सम्ममा सरसफाई र खानेपानीमा सबै नेपालीको पहु“च पु¥याउन नीति–निर्माता तथा सेवाप्रदायकलाई आग्रह गर्दै प्रकाशित गरिएको ब्रोसरमा जिल्लाका ७९ मध्ये ७८ गाविसको मात्र नामाकरण छ । त्यसमा पनि ९५ प्रतिशत गाविसको नाम नै त्रुटिपूर्ण छ । त्यस्तै ६ गाविस खुल्ला दिशामुक्त गरिएको भएपनि निर्वाचन क्षेत्र नं. ३ मा रहेको अर्जै गाविसलाई निर्वाचन क्षेत्र नं. १ मा राखेर खुल्ला दिशामुक्त भएको संकेत गरिएको छ । त्रुटिपूर्ण ब्रोसरका बारेमा वाटरएडको कार्यालयलाई जानकारी गराईएको महासंघले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग