Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बडिगाड खोलामा बगेर वेपत्ता

Published on 5:58:00 AM //


आपत रामजाली
बुर्तिवाङ, २१ मंसिर । बाग्लुङ जिल्ला बुर्तिबाङ गाउँ विकास समिति वडा नं. ४ सिमलचौर निवासी खिमबहादुर कुमाल गत बुधबार दिउँसो करिव ३ वजेको समयमा सिमलचौर स्थित पुल छेउँबाट लडेर वडिगाड खोलामा खसेर वेपत्ता भएका छन् । सिमलचौर स्थित सल्लेरीबाट संकलन गरिएको सल्लाको खोटो खल्टुवोट तिर लैजाने काम गरिरहेका खिम बहादुरले खोटो लिन खल्टुवोटबाट सिमलचौरतिर जाँदै गर्दा सिमचौर स्थित पुलछेउँबाट वडिगाड खोलामा खसेर वेपत्ता भएको स्थानीयवासीले बताएका छन् । यसरी वेपत्ता उनको स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय बुर्तिबाङको प्रहरी टोलीले खोजीकार्य जारि राखेपनि अझैसम्म फेला पार्न नसकिएको बताइएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग