Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मंसिर महिनामा एकै विद्यालयका १३ देखी १६ बर्षका ६ जोडिको विवाह

Published on 4:26:00 AM //


आपत रामजाली
बाग्लुङ जिल्लाको दर्लिङ गाउँ विकास समितिमा रहेको दर्लिङ माध्यमिक विद्यालयमा यही मंसिर महिना भित्रमा ६ जोडिले विवाह गरेका छन् ।
विद्यालयमा अध्यानरत कक्षा ८ का छात्र ज्ञान बहादुर घर्ति मगरले कक्षा ७ की छात्रा सिता गुरुङ, कक्षा ९ का छात्र कमल थापा मगरले कक्षा ७ की छात्रा लालि पुन मगरसंग, कक्षा १० की उषा थापा मगरको गाउँकै देउराली प्राथमिक विद्यालयका शिक्षक तिर्थ बुढा मगर संग, त्यसैगरी, कक्षा ७ का छात्र रेशम बुढा मगरले कक्षा ७ की छात्रा विमा बुढा मगर र कक्षा ८ का छात्र जित बहादुर बुढाको कक्षा ८ कै छात्रा कोपिला बुढा मगरसंग मनमिली विवाह गरेको बताइएको छ ।
यसरी पछिल्लो समयमा विद्यालयमा अध्यानरत ६ जोडि मध्ये अधिकांश जोडि १३ बर्ष देखि १६ सम्मका भएकाले बालविवाह भएको बताइएको स्थानिय भानसिङ थापाले जानकारी दिनु भयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग