Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलहरुका गम्भिर त्रृटिका कारण सबिधान बनेन ः राष्ट्रपति यादव

Published on 5:27:00 AM //

शिबलाल सुबेदी
गुल्मी, मसिंर २७ । राष्ट्रपति रामबरण यादवले दलहरुको गम्भिर त्रृटिका कारण संबिधान निमार्ण हुन नसकेको बताउनु भएको छ । देश अहिले सकंटबाट गुज्रिरहेकाले मुलुकलाई निकास दिनका लागि दलहरु बिचको सहमती पहिलो आवश्यकता रहेको समेत उहाँले बताउनु भयो ।
अर्घाखाँचीको पोखराथोक गाविसमा रहेको नेपालको तेस्रो हरिहर सँस्कृत तथा साधारण उच्च माध्यमिक बिद्यालयको हिरक महोत्सवको उद्घाटन गदै राजनितीक दलहरुका प्रमुखहरु सगँ अफ्नो नियमित छलफल भैरहेकाले पनि अव छिट्टै सहमती हुने बताउनु भएको । राष्टपति रामवरण यादवले लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्न राजनितिक राजनितिक दलहरुलाई पछिल्लो समय सहमतीका लागी दिएको समय सकिएकै दिन अर्घाखाँचीमा राष्ट्रपती यादवले नेपाली जनताको चाहना, शहिदको मर्म र भावना अनुसार राजनितिक दलहरु सहमतीमा आइ देशले छिटै निकाश पाउने बताउनुभएको हो ।
आफुले राजनितिक दललाई बारम्वार सहमतिका लागी ताकेता गरेकाले समेत छिटो सहमती सरकार गठन भई निर्वाचनमा पुगी लोकतान्त्रीक गणतन्त्र संस्थागत हुने राष्टपति यादवको भनाइ छ । जनताको चाहना बमोजिम आफु चल्ने बताउँदै आफुले राणाकाल सुनेको पञ्चायत भोगेको हुँदा जनचाहना विपरित कुनै कार्य नहुने राष्टपति यादवको थप भनाइ थियो राष्ट्रपति डाक्टर रामबरण यादवले सरकारले सरकारले बैशाखमा सबिधान सभाको अर्को चुनावको घोषणा गरि सकेकाले सम्पूर्णदलहरु एक भएर चुनावमा सहभागी हुन आग्रह समेत गर्नुभयो । सोही कायक्रममा बोल्दै शिक्षा मन्त्री दिनानाथ शमाले एक साताभित्र दलहरु बिच सहमती जुटने बताउनु भयो । उहाँले राष्ट्रपतिको टिका टिप्पणी गनुभन्दा आफ्नो स्वार्थलाई छाडेर सहमतीमा आउनु आग्रह गर्नुभयो ।
सोही समारोहमा शिक्षाको ज्योति फैलाउने उदेश्यले १९९४ सालमा विद्यालय स्थापना गरेका पोखराथोक गाउ“का नेपालकै तेस्रो धनी हरिहर गौतम र विद्यालय स्थापनाको योजना बनाउने गौतमका गुरु महापंण्डित दधिराम मरासीनिको निर्माण सम्पन्न शालिक र पोखराथोकको हरिहर संस्कृत तथा साधारण उच्च माविको हीरक महोत्वसको उदघाटन यादव र विद्यालयको चार कोठ भवनको उदघाटन शिक्षा मन्त्री दिनानाथ शर्माले उद्घाटन गर्नुभएको छ । नेपाल र भारतमा रहँदा आपनो आम्दानीबाट दाड, कपिलवस्तु, बर्दिया, बाँके र अर्घाखाँचीमा गरी झन्डै ६ हजार विघा जमिन रहेको छ ।
सामान्य परिवारमा जन्मेका गौतमले ६८ विगा जग्गा र आफनै घरलाई दान दिएर विद्यालय स्थापना गरेको बताइन्छ । पश्चिमाञ्चल क्षेत्रकै पहिलो विद्यालयका रुपमा रहेको हरिहर संस्कृति विद्यालय पोखराथोकले आपनो हिरक महोत्सव आजबाट ३० गतेसम्म चल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत गौतमले बताउनुभयो । हिरक महोत्सव उद्घाटनका लागी राष्टपति डाक्टर रामबरण यादव अर्घाखाँची आएपछि यसक्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग