Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आखिर कहिलेसम्म यस्तो जोखिमयुक्त यात्रा ? (फोटो फिचर)

Published on 1:44:00 PM //



तेजेन्द्र थापा
माथिको फोटो हेर्नुस् त कती जोखिमयुक्त त डर लाग्दो देखिन्छ है ?
यो हो गुल्मी र बाग्लुंग जोडने वामीटक्सार र खर्बांगको बिच दरम खोलाको पुल पक्कि पूल बन्न धेरै समय लाग्नाले यो भेगका बासिन्दाले यस्तो जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन । आफै अनुमान गर्नुस दैनिक हजारौ यात्रुहरो ओहोर दोहोर गर्ने यो पुल जसको एकातर्फको जिप नै छैन सानो काठको खम्बाको सहाराले लूठो  अडाईएको  छ । त्यही पुल भएर मोटरसाइकल जस्ता हलुका सवारी साधन देखी क्विण्टल बजन भएका सामानहरु दैनिक थुप्रै पटक ओसार-पसार गरिन्छ । यसको तलको फल्याक पनि कुहिएर बाँसको भाटा हालिएको छ जुन बलियो र भरपर्दो पक्कै नहुन सक्छ । समयमै सम्बन्धित निकाय र स्थानिय बासिन्दाहरुको ध्यान पुग्न सकेन भने कुनै गम्भिर दुर्घटना नहोला भन्न सकिन्न ।
हेरौँ गुल्मी र बाग्लुङ सिमानाबाट गुल्मीन्युज सहयोगी तेजेन्द्र थापाले खिचेर पठाउनुभएका केही तस्बिरहरु:





भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग