Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिपको किचाईले खुट्टा गुमाए बालकले तर क्षतिपुर्ति पाएनन्

Published on 4:30:00 AM //


प्रेम सुनार
मंसिर २८, गुल्मी । केहि दिन अघि जिपले किचेर घाईते भएका गुल्मी हस्तीचौरका एक बालकको खुट्टा गुमाउनु परेको छ तर क्षतिपुर्ति भने अहिलेसम्म पाउन सकेका छैनन् ।
गत कार्तिक २ गते तम्घासबाट मुसिकोट तर्फ जाँदै गरेको लु १ ज १९५४ नम्वरको जिपले हस्तीचौर गाविस वडा नम्वर ७ रातचौरका ६ वर्षिय वालक नविन मुखियाको खुट्टा किचेको थियो । उपचारका लागि पाल्पा प्रवास अस्पतालमा भर्ना गरिएका नविनको उपचार हुन नसकेपछि अस्पतालले खुट्टा नै काटिदिएको छ ।
सम्वद्धपक्षले उपचार खर्च गरे पनि क्षतिपुर्ति भने पाउन नसेको उनका बाबु आनन्द मुखियाले गुनासो गरेका छन् । बालकलाई किचेर भागेका चालकलाई पच्छ्याउँदै जाने क्रममा नेकपा एमाले हस्तीचौरका अध्यक्ष राम मल्ल ठकुरी सहित वालकका आफन्तजनले चालक कुटपिट गरेको भन्दै उनिहरुलाई १ लाख ३० हजार क्षतिपुर्ति तिराईएको थियो ।
‘बालक किच्ने चालकलाई कुटेको भन्दै आफुहरुले उल्टै त्यति ठुलो रकम तिरियो’ राम मल्ल ठकुरीले भने ‘तर खुट्टा नै गुमाउने बालकलाई भने अहिले सम्म क्षतिपुर्ती दिईएको छैन ।’ भलाईकोषले दिन्छ भन्दै झुलाईको ठकुरीको आरोप छ ।
बालकका परिवारको आर्थिक अवस्था दयानिय रहेको छ । उता बालक खुट्टा नै गुमाएर अपाङ्ग जिवन ज्युँने भएका छन् । अपाङ्ग ति वालकलाई उचित क्षतिपुर्ति दिलाउने पहल गर्न सम्वद्ध सबैपक्षको ध्यानकृष्ट गराईएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग