Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बहुबिवाहको सजाँय सुनाईका फरार भारतीय सेनाका जवान पक्राउ

Published on 12:21:00 AM //

जनार्दन घिमिरे
गुल्मी, १९ मंसिर । गत दुई वर्ष अघिदेखि वहुविवाहको मुद्दामा फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा गुल्मी जुभुङ्ग गाविस १ निवासी हाल भारतीय सेनामा कार्यरत ३१ वर्षीय ध्रुब वहादुर थापा रहेका छन् । उनी विदामा घर आउने क्रममा प्रहरीले विशेष सुराकिको आधारमा गएराती सदरमुकाम तम्घास स्थित वसपार्कवाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनु भएको छ । उनलाई जिल्ला अदालत गुल्मीले २०६७ माघ २५ गते वहुविवाहको मुद्दामा १५ महिना कैद र ६ हजार रुपैंया जरिवाना गर्ने फैसला सुनाएको थियो । पक्राउ परेका थापालाई प्रहरीले आज अदालतमा उपस्थित गराएपछि जिल्ला अदालत गुल्मीले फैसला कार्यान्वयनका लागि मंगलवार नै जेल चलान गरेको छ ।
यसैविच करेण्ट लागेर गुल्मीको पिपलधारा गाविसमा एक व्यक्तिको ज्यान गएको छ । यसरी ज्यान जानेमा पिपलधारा गाविस ५ डुम्रिवास निवासी ६१ वर्षीय तेज वहादुर थापा रहेका छन् । उनी सोमवार दिउसो गाई वस्तु चराउन गएको अवस्थामा विद्युतको हाईटेन्सन लाईन् अचानक छुने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थापाको शवलाई जिल्ला अस्पताल तम्घासमा ल्याई मंगलवार पोष्टमार्टम गरि आफन्तलाई वुझाईएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग