Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक घण्टा जोतेको ७०० रुपैँया

Published on 4:07:00 AM //

रुरु नेटवर्क
रिडी, मंसिर १९। समय परिस्थितीको परिवर्तन सँगै रिडीमा पनि आधुनिक प्रबिधी प्रयोग गरी खेती हुन थालेको छ्। हालै रिडीबजारका घनश्याम न्यौपानेले ८० हजार रुपैयाको लागतमा हाते ट्राक्टर ल्याए पछी अहिले यस ट्राक्टरलाई हेर्न तथा जोताउनका लाई बोलाउनेहरुको भिडनै लाग्न थालेको छ्। एक हल गोरुले एक दिनमा जोत्ने जमिन यस हाते ट्राक्टरले एक घण्टामा नै जोत्न थाले पछी रिडी क्षेत्रका किसानहरु यस तर्फ आकर्शित भएका छन। उनले प्रती घण्टा ७०० रुपैयाको दरले खेत जोतीदिने गरेका छन। रिडी क्षेत्रमा हाल श्रम शक्तीको अभाब हुँदै गर्दा आएको यस ट्राक्टरले केही हद सम्म भए पनि श्रम शक्तीको अभाब हताउन यसले सहयोग गर्नुका साथै सर्बसुलब मुल्यमा सेवा दिइ कृषि उपज उत्पादनमा सहोयोगी बन्ने अपेक्षा गरीएको छ्।
तस्बिरमा हाते ट्राक्टर प्रयोग गरी खेत जोत्दै घनश्याम न्यौपाने । तस्बिर: रुरु नेटवर्क

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग