Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मजदुरहरुको नामवाट उद्योग धन्दाहरु वन्द गर्ने काम भईरहेको छः तिवारी

Published on 1:13:00 AM //



जनार्दन घिमिरे
गुल्मी, २३ मंसिर । नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य गुणानिधि तिवारीले देशमा अव पनि राजनैतिक दलहरुले सही ढंगले सोचेनन् र अघि वढ्न सकेनन् भने देश कालो सुचिमा पर्ने वताउनु भएको छ । उहाँले देशमा संविधान र शान्ती शुरक्षाको ग्यारेण्टी नभएको कारण लगानीको वातावरण वन्न नसकेको वताउनु भयो ।
गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको २१ औं वार्षिक साधारण सभा तथा अधिवेशनको आज सदरमुकाम तम्घासमा उद्घाटन गर्दै केन्द्रिय सदश्य तिवारीले उक्त कुरा वताउनु भएको हो । देशमा मजदुरहरुको नामवाट उद्योग धन्दाहरु वन्द गर्ने काम भईरहेको र उक्त काम नरोकिएको कारण व्यवसायीहरु लगानी गर्न डराएको वताउनु भयो । तिवारीले व्यवसायीहरु सरकारलाई कर तिर्न नडराएको भन्दै करको दायरा वढाउनकालागि पहिले देशमा औद्योगिक निती र सुरक्षाको ग्यारेण्टी हुनु पर्नेमा जोड दिनु भएको थियो ।
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रिय सदश्यद्वय शंकर श्रेष्ठ र भुषणराज वल्लभले सरकाले देशमा लगानि मैत्री वातावरण वनाउनु पर्ने वताउनु भएको थियो ।
गुल्मी उद्योग वाणिज्य संघले पहिलो पटक स्थापना गरेको रु दश हजार रासीको उत्कृष्ट क्रियाशिल पत्रकारीता पुरस्कार आज गुल्मी न्यूज डट कमका संचालक सञ्जु काउछा मगरलाई प्रदान गरेको छ । काउछालाई प्रदान गरिएको उक्त पुरस्कारको राशी काउछाले नेपाल पत्रकार महासंघ गुल्मी शाखालाई हस्तान्तरण गर्नु भएको थियो । गुल्मी उद्योग वाणिज्य संघको आगामि तीन वर्षकालागि भोली अध्यक्ष सहित १६ सदश्यीय नयाँ कार्य समितिको निर्वाचन हुँदै छ ।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग