Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रधानमन्त्रिले मुसाको चटनी र जाँड चाखे, खुट्टा धुन दिएनन्

Published on 12:23:00 PM //

कैलाली, मंसिर २३, जनताको घरमा प्रधानमन्त्रि कार्यक्रम अन्तरगत प्रधानमन्त्री बाबुराम भट्टराइ मुक्त कमैयाका घरमा पुगे । पाहुनाका रुपमा घर आएका प्रधानमन्त्रीलाइ स्थानीयले राम्रै सत्कार गरे । तामाको भाँडामा जलघडा लिएर गोडा धुने बाहेक प्रधानमन्त्रिले सबै सत्कार स्विकारे ।
प्रधानमन्त्री भट्टराई चौधरीका साथ उनकै घरमा गएराति खाना खाँदै । 
तस्बिर : पुष्पराज जोशी/नागरिक

कैलाली, टीकापुर नगरपालिका विजयनगरका बाबुराम चौधरीको परिवार र गाउँले संग उनले हिजोको रात विताए । पराल विच्छ्याइएको भुँइमा बसेर भलाकुसारी भयो, स्थानीयले मुक्त भएर पनि कमैयाका समस्या ज्यूँका त्यूँ रहेको बताए ।

प्रधानमन्त्रीले थारु संस्कृति ग्रहण गर्दै मुसाको चटनी, ढिकरी र घरमै बनेको जाँड चाखे । उनले आफू मदिरा पिउने नगरेको भन्दै मन राखिदिनलाइ एक घुट्को जाँड चाखेर हाँस्दै मुसाको चटनी भने गपागप खाए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग