Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

९ जोडी प्रेमी प्रेमीका बेपत्ता भएपछि गाउँमा रूवाबास

Published on 7:55:00 PM //


९ पुस, सोलखुम्बु । नेचाका नौ किशोर किशोरी शनिबारदेखि हराइरहेका छन् । हराएका युवा युवतीहरु के उदेश्यले कहाँ हिडेका हुन भन्ने केही खुल्न आएको छैन । एकैपटक नौ जोडी किशोर किशोरी हराउदा भने गाँउमा सन्नटा छाएको छ ।
हराएकाहरुको खोजी गर्न सबै गाउलेहरुले प्रहरीलाई गुहारेका छन । अभिभावकहरुले प्रहरीलाई दिएको जानकारी अनुसार एकाएक हराउनेहरुमा नेचाबतासे–३ निवासी रुद्रबहादुर राईकी छोरी १५ वर्षीया सिर्जना राई, गालिमान विककी छोरी १५ वर्षीया रञ्जिता विक, जनार्दन राईकी छोरी १६वर्षीया सुनिता राई र घनश्याम बास्तोलाकी छोरी १७ वर्षीया यसमकला बास्तोला छन् । त्यस्तै कुलबहादुर राईका छोराहरु ११ वर्षीय पुष्पकमल राई र नौ वर्षीय कुशल राई, सुबजङ राईका छोराहरु१ ४ वर्षीय प्रवीण राई र १३ वर्षीय मिलन राई तथा ओखलढुङ्गा रातमाटा घर भई हाल नेचाबतासेस्थित मामाघर बस्ने १७ वर्षीय सर्जना विक छन् । उनीहरु ओखलढुङ्गातर्फ गएको सूचना प्राप्त भएको प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेतले जानकारी दिए । कसैले उनीहरुलाई देखेमा नजिकको प्रहरी, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु वा ओखलढुङ्गामा जानकारी गराइदिन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग