Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्याक्टर दुर्घटनामा २ घाईते

Published on 4:33:00 AM //


पि.एम.मगर
गुल्मी, माघ ९ – गुल्मीको सदरमुकाम तमघासको उपल्लो तमघासमा मंगलवार अपरान्ह साढे ४ वजे तिर एक ट्याक्टर दुर्घटना हुँदा २ जना व्याक्ति घाईते भएका छन् ।
गुल्मीको सिमीचौर गाविस राङ्गवासवाट दाउरा लोड गरी सदरमुकाम तमघासतर्फ आउँदै गरेको लु २ त ६०२२ नम्वरको ट्याक्टर उपल्लो तमघासमा दुर्घटना भएको थियो । दुर्घटनामा परि पुर्कोटदह गाविस ५ निवासी ३८ वर्षीय राजु नेपाली र अर्घाखाँचीको वाङ्गला गाविस ४ का ४६ वर्षीय टोपवहादुर राना घाईते भएका छन् । घाईते दुवैको अहिले सदरमुकाम तमघास स्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ । ट्याक्टर चालक पाल्पाको मस्याम गाविस ५ का बलवहादुर नेपालीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परि चालक नेपाली समेत सामान्य घाईते भएका छन् । व्रेक फेल भई अनियन्त्रित भएर ट्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग