Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लेखनाथ जयन्ती, गुल्मीमा पनि साहित्यीक कार्यक्रमको आयोजना

Published on 4:32:00 AM //


पि.एम.मगर
गुल्मी, माघ ९ । आज १ सय २९ औँ लेखनाथ जयन्ती, गुल्मी लगायत देशभर विभिन्न साहित्यीक कार्यक्रम गरी मनाईएको छ । १९४१ सालमा आज कै दिन जन्मिनुभएका कवि शिरोमणी लेखनाथ पौडेलको १ सय २९ औँ जन्म जयन्तिको अवसरमा किरण पुस्तकालय तमघास, गुल्मीले एक साहित्यिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा जिल्लाका कवि एवं साहित्यकारहरु तथा साहित्यप्रति चासो राख्ने व्याक्तिहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा उनीहरुले आफ्ना विभिन्न स्वकीय सृजनाहरुको माध्यमवाट कवि शिरोमणी लेखनाथ पौडेललाई सम्झिएका थिए । कार्यक्रममा साहित्यकार लक्ष्मण प्रसाद रिजाल, गोपाल पन्थी, नमोनारायण पन्थी, गोकर्ण आचार्य, कृष्ण कुवँर लगायतले कविता वाचन गर्नुका साथै पौडेलले नेपाली साहित्यीक फाँटमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुवहादुर घर्तिले पनि आफ्नो स्वकीय कविता वाचन गर्नुभएको थियो । मन्तव्यका क्रममा प्रमुख अतिथि घर्तिले साहित्यीक फाँटमा कवि शिरोमणी लेखनाथ पौडेलले पु¥याउनु भएको योगदानको कहिल्यै पनि चर्चा गरेर नसकिने बताउँदै उहाँको वाटोमा लाग्न सके समाज परिवर्तन र साहित्यले धेरै फड्को मार्न सक्ने वताउनुभयो । उहाँले जिल्लामा पनि केही रकम संकलन गरी पौडेल जस्ता साहित्यकारहरुको प्रतिमा स्थापना गर्न सकियो भने दीर्घकालीन छाप छाड्न सकिने बताउदै यसतर्फ लाग्न सुझाव समेत दिनुभयो । साथै उहाँले त्यसको सहयोगका लागि आफृुले पनि सहयोग गर्न तत्पर रहने वताउनुभयो । विशेष अतिथि रेसुङ्गा बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख रमाकान्त पौडे लले कवि पौडेलको जीवनी र साहित्यीक क्षेत्रमा उहाँले पु¥याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो । कवि पौडेलले दर्शन र कलालाई समिश्रण गरी परिस्कारवादी धाराका कविता सृजना गरेर साहित्यीक फाँटलाई उँचाई थपेको उहाँले वताउनुभयो ।
सोही अवसरमा धनाकला भण्डारीले आफ्ना स्वर्गीय पतिको राजनीति योगदानको चर्चा गर्दै तैयार गरिएको “क्रान्ति, इमान र जनताका पर्याय फणीन्द्र भण्डारी” स्मृति ग्रन्थ र निमित्त प्रमुख जिल्ला अधिकारी विष्णु वहादुर घर्तिले आफ्नो कृति “भनभनेलीका तरङ्गहरु” नामक पुस्तक किरण पुस्तकालयका लागि भन्दै पुस्तकालय व्यवस्थापन समिति अध्यक्ष नरप्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।
ग्रन्थ र पुस्तक ग्रहण गर्दै कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका श्रेष्ठले मान्छेको कृति कहिल्यै पनि नमर्ने बताउनुभएको थियो । उहाँले स्वर्गीय फणीन्द्र भण्डारीको राजनीतिक योगदानको चर्चा गर्दै भौतिक शरिर मरेर गएपनि भण्डारीको योगदान सधै ज्वलन्त उदहारण वनेर रहिरहने वताउनुभयो । उहाँले स्वर्गीय भण्डारी जिल्लाका मात्र नभई राष्ट्रकै एक जुझारु नेता रहेको वताउनुभयो । कार्यक्रममा स्थानीय समाजसेवी नन्दराम भुसालले पनि कवि पौडेलको साहित्यीक योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख विष्णुकान्त पन्थी, नेपाल कर्मचारी युनियनका केन्द्रीय सदस्य जयश्वर पन्थी, जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत यज्ञेश्वर पन्थी, तमघास गाविस सचिव दोर्णराज पन्थी, विद्यालय निरीक्षक झविलाल विश्वकर्मा लगायत पत्रकार एवं साहित्यप्रेमीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन भुवनप्रसाद अर्यालले गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग