Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यौनसंपर्क गर्न नदिँदा यसरी घाँटी रेटेर हत्या गरियो दुई महिलाको (भिडियो समाचार)

Published on 5:46:00 PM //

माघ २ गते साँझ रुपन्देहीको हर्नैया गाविसमा दुई महिलाको हत्यामा संम्लग्न दुई जनालाई प्रहरीले पक्राउ पछि सार्बजनीक गरेको छ । अंञ्चल प्रहरी कार्यालय भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी घटना छानबीन समितीले संम्लग्न अभियुक्तहरुलाई सार्बजनीक गरेको हो ।४८ वर्षिया बसन्ती चौधरी र सोही ठाउकी ३४ वर्षिया आरती लोधको हत्यामा संम्लग्न मुख्य अभियुक्त स्थानीय गोबिन्द बहादुर थारु र सहयोगी स्थानीइ तिलक राम थारु लाई सार्वजनीक गरेको हो ।
प्रहरीले घटनाको छानबिनका लागी तिन सदस्यीय छानबिन समिती गठन गरेकोमा समितीले आईतवार पत्रकार सम्मेलन गरी घटना प्रेम संम्बन्धका कारण भएको सारीरीक सम्बन्ध गर्न नमानेको कारण चौधरीले दुई महिलाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । अभियुक्त चौधरीले आफ्नो योजना सफल पार्न तिलक रामलाई  सहयोगीका रुपमा अघि सारेको अंञ्चल प्रहरी कार्यालय भैरहवामा आयोजीत पत्रकार संम्मेलनमा छानबिन समितीका संयोजक तथा बुटवल तालीम केन्द्रका बरिष्ठ प्रहरी उपरिक्षक कमलसिंह बमले बताउनु भयो । बसन्ती थारुको हत्या भईरहेको देखेकी आरती लोधलाई घटना सार्वजनिक हुने डरले हत्या गरेको प्रहरीले जनाएको छ ।
भिडियो हेर्नुहोस्:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग