Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुख, टाउको र खुट्टामा मुसा पलायो, ऋण लाग्ने डरले उपचार भएन

Published on 5:33:00 PM //

घनश्याम गौतम
गुल्मी, पुस १६ - उपचार गर्न नसकेपछि एक वृद्धले मुखको नजिकै पलाएको मासुको डल्लाको उपचार गर्न सकेका छैनन् । पराल्मी ३, डिमेकका ७५ बर्षिय तुलबहादुर सूर्यवंशीले आर्थिक अभावमा चार वर्षअघि शरीरको मुख, टाउको र खुट्टामा पलाएको मासुको डल्लाको उपचार गर्न नसकेका हुन् ।

सुरुमा सानो देखिएको र सामान्य चिलाउने मात्र गरेको मासुको डल्लो बढ्दै गएको छ । खुट्टा र टाउकाको धेरै नबढे पनि मुख नजिकै निस्केको डल्लो बढ्दै गएर अप्ठ्यारो हुन थालेको उनले बताए ।

विपन्न परिवारका सूर्यवंशीले सुरुमा तम्घास पुगेर ८ सय रुपैयाँ खर्च गरेर उपचार गरे पनि त्यसले नपुगेपछि ऋण लाग्ने डरले थप उपचार नगरेको बताए । 'छुँदा दुख्दैन तर खाना खाँदा र सुत्दा भने अप्ठ्यारो हुन्छ,' उनले भने, 'उपचार गर्दा धेरै ऋण लाग्ने भएकाले त्यसपछि दवाइ गरिएन ।' कृषि पेसा र मेलापातबाट जीवन निर्वाह गर्दै आएका सूर्यवंशीको उपचार समस्यासँगै अर्को पारिवारिक पीडा पनि उस्तै छ ।

३ भाइ छोरा जन्मेको भए पनि अहिले कान्छो छोरा मात्र सँगै छ । रोजगारीका लागि भारतको मुम्बई पुगेको जेठो छोरा खिमबहादुर ९/१० वर्षदेखि उतै बेपत्ता छ । विदेश पुगेको तीन वर्षसम्म बम्बईमा भएको जानकारी आए पनि त्यसपछि अहिलेसम्म सम्पर्क नभएको श्रीमती चित्रकला सूर्यवंशीले गुनासो गरिन् ।

माइलो छोरा पनि नोकरी गर्न भन्दै भारत गएर सम्पर्कविहीन भएपछि अहिले १३ वषर्ीय कान्छो छोरा मात्रै घरमासँगै छ । कमाउने छोरा बेपत्ता भएपछि श्रीमान्को उपचार गर्दा थप ऋण लाग्ने डरले गर्न नसकिएको चित्रकलाले बताइन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग