Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शुरु भयो वामेली शुभकामना साँझ

Published on 5:37:00 PM //


टोकियो । वामी सेवा समिति जापानको आयोजनामा ईकेगामी हलमा भरखरैबाट वामेली शुभकामना साँझ शुरु भएको छ । उक्त कार्यक्रमको रुद्रावती बहुमुखी क्याम्पस गुल्मी वामी तक्सारका क्याम्पस प्रमुख हिरामणि अर्यालज्यूले पानसमा बत्ति बाली उदघाटन गर्नुभयो ।
आयोजक सँस्थाका अध्यक्ष सुरेश केसीको सभापतित्वमा भएको कार्यक्रमको सचिव दिलिप थापाले सञ्चालन गर्नुभएको छ । कार्यक्रम सामुहिक राष्ट्रियगानबाट शुरु भएको थियो ।

 कार्यक्रममा संस्थाका उपाध्यक्ष रामलाल सापकोटाले स्वागत मन्तब्य दिनुभएको छ भने अध्यक्ष सुरेश केसीले सँस्थाको सक्षिप्त परिचय दिनुकासाथै कार्यक्रम आयोजना गर्नुको औचित्य र उद्देश्यमाथि प्रकाश पार्दै नयाँ बर्षको शुभकामना ब्यक्त गर्नुभएको छ ।
 कार्यक्रममा गुल्मी सेवा समितिका अध्यक्ष शालिकराम भण्डारी, एनआरएन जापानका महासचिव डा. राजेन्द्रप्रसाद पराजुली र आयोजक सँस्थाका वरिष्ठ सल्लाहकार रोशन केसीले शुभकामना मन्तब्य दिनुभएको थियो ।
त्यसपछि कलाकार परिचयको लगत्तै साँगीतिक चरणको कार्यक्रम शुरु भएको छ । साँगीतिक चरणमा कार्यक्रम संयोजक रामकृष्णबम मल्लको सञ्चालन रहेको छ । अहिले गायक सत्यराज आचार्यले जहाँछन बुद्धका आँखा बोलको गीत गाईरहेका छन् भने उनलाई भाइ स्वरुपले साथ दिईरहेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग