Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चिसोले कठाङ्ग्रीएर पराल्मीमा एकको मृत्‍यु

Published on 3:48:00 AM //


प्रेम सुनार
पौष २५, गुल्मी । गुल्मी पराल्मीका एक विपन्न दलितको जाडोले कठाङ्ग्रीए बुधवार बिहान मृत्यु भएको छ । पराल्मी गाविस वडा नम्वर २ नुनथला निवासी ५५ वर्षिय शसबहादुर बिश्वकर्माको जाडोले कठाङ्ग्रीएर मृत्यु भएको हो । अस्ती बेलुका बाहिर सुतेका बिश्वकर्माको घरमा ओढ्ने बाक्लो कपडा थिएनन् । उनि हिजो बिहानदेखि कठाङ्गीएर बेहोस भएको स्थानिय शिक्षक गोविन्द प्रसाद पोख्रेलले बताउनु भयो ।
गए राती परिबारले आगो बालेर न्यानो दिने प्रयास गरेपनि उनले कठाङ्ग्रीदै दाँत बानेका थिए स्थानिय शिक्षक पोख्रेलले भन्नुभयो अहिले विहान उनको मृत्यु भयो । बिश्वकर्माको सम्पत्तिका नाममा बास मात्रै छ । एक छोरा भारततिर छन् भने एक छोरा छुट्टीएर बसेका छन् । दैनिक मजदुर गरेर श्रीमति र आफ्नो जिविका चलाउँदै आएका बिश्वकर्माको शरिरमा न्यानो कपडा र ओढ्ने गत्तिलो शिरक नभएकोले रातभरको चिसोले नै उनको मृत्यु भएको सिङ्गो गाउँबासीको ठहर छ ।
उनि अन्य कुनै बिमारी थिएनन् । कठाङ्ग्रएर बेहोस भएका बिश्वकर्मालाई होस खुल्छकी भनेर परिवारजनले रक्सी तताएर समेत पिउन दिएको बताईएको छ । सदरमुकाम तम्घाससंगै जोडिएको गाविस पराल्मीमा गत तिन दिनदेखि चिसो बढेको छ । आजदेखि विहानमा बाक्लो तुषार समेत पर्न थालेको छ । जाडोमा न्यानो कपडा नहुने विपन्न परिवारले आगो बालेर न्यानो लिने परम्परालाई निरन्तरता दिनु पर्नेमा सरोकारवालाहरुको सुझाव छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग