Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मजदुरी गर्दै पढेका दलित युवा छात्रबृत्तिमा बिद्याबारिधी गर्न अष्ट्रेलिया

Published on 2:04:00 AM //


प्रेम सुनार
एकिकृत ग्रामिण समाज गुल्मीद्धरा सम्मान ग्रहण गर्दै मोम बिश्वकर्मा ।
तस्बिर: प्रेम सुनार
पौष २५, गुल्मी । सानो खरको झुपडी, ३ महिना पनि खान पुग्ने बारी, एउटी आमाले दैनिक अरुकोमा निमेक गरेर आएको अन्नले जिविका चलाउँथे मोम र उनकी बहिनी जमुनाले । फाटेको जाँगे लगाएर मोम नियमित बिद्यालय जान्थे । कहिले कलम हुँदैनथ्यो त कहिले कपी । कहिले खाएर जान्थे त कहिले भोकै स्कुल जान्थे मोम । यो उनको बाल्यपनलाई नजिकबाटै यसै समचारदातले राम्ररी नियालेको थियो । हिजो त्यो मोमको त्यो टिठ लाग्दो बाल्यपन नियालेको यस समचारदातालाई उनै मोम विद्यावारिधीका लागि अष्ट्रेलिया जान लागेको अवसरमा आज एक संस्थाले सम्मान गरेको देख्दा सपना जस्तै लाग्यो ।
मोम अर्थात बडागाउँ गाविस वडा नम्वर २ उपल्लो दजाकोटको एउटा विपन्न दलित परिवारमा जन्मीएका ३० वर्षिय मोम बिश्वकर्मा । उनि हजारौँ जना डाक्टर, प्राध्यापक जस्ता देशका एकसे एक पर्तिश्पर्धीहरुसँग प्रतिस्पर्धा गरेर छात्रबृत्तीमा संघियता र दलित लगायतको समाज शास्त्रमा बिधाबारिधी गर्न अष्ट्रेलियाको सिड्नी विश्वबिद्यालयमा जाँदै छन । चरम गरिवीका बाबजुद पनि मजदुरी गरेर बिधाबारिधी गर्न जाने मोमलाई प्रेरणका श्रोतका रुपमा आज एकिकृत ग्रामिण बिकास समाज गुल्मीले सम्मान गरेको हो । पशुपति निमावि बडागाउँ १ दजाकोटबाट प्रारम्भीक शिक्षा हाँसिल गरेका मोमले पृथ्वी माध्यामिक बिद्यालय बडागउँ मैदानबाट एसएलसी परिक्षा उत्तिर्ण गरेका थिए । क्याम्पस पढ्न मुस्किल परेपछि भिनाजुको सहारामा अर्घाखाँचीमा क्याम्पस भर्ना हुन पुगेका मोम मजदुरी गरेरै क्याम्पसको पढाई सुरु गरे । त्यपछि काठमाण्डौ पुगेका मोमले दलित गैह्र सरकारी महासंघको नजिक हुने मौका पाए ।
त्यस संस्था मार्फत क्रमश उनि युनिशेफ, अनमिन, युएनडिपी लगायतका सँस्थाहरुमा काम गर्ने अवसर पाएका मोमले त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर हासिल गरीसकेका छन् । सन २०१२ मा अस्ट्रेलियन सरकारले स्कलरशिप खुलाएपछि मुमले खेलाँचीमै स्कलरशिपका लागि आवेदन गरेका थिए । ‘एक्कासी नाम निस्कीयो मोमले भने मलाई त सपना जस्तै लाग्यो । सोचेको पनि थिईन र उद्देश्य पनि थिएन उनले भावुक हुँदै थपे नेपालका झण्डै सात सय जनाको प्रतिस्पर्धामा उत्तिर्ण भएछु । सम्मान गर्दै एकिकृत ग्रामिण विकास समाज गुल्मीका उपाध्यक्ष हिरा एसीले पढ्न चाहनेलाई गरिवीले छेक्दैन भन्ने ज्वालन्त उदाहरण मोमले दिएको र आम दलित युवा युवतीले मोमको संघर्षलाई अंगिकार गर्नु पर्नेमा जोड दिए । त्यस्तै उत्पीडित समुदाय उत्थान केन्द्रका सचिव छविलाल बिश्वकर्माले मोमको यो सफलता गुल्मेलीहरुको सफलता भएको बताए । जिल्ला शिक्षा कार्यालयका विद्यालय निरक्षक झविलाल बिश्वकर्माले मेहनत गर्नेलाई के को गरिवी भन्ने प्रश्न गर्दै गाउँको सरकारी स्कुल पढेका मोमले सरकारी स्कुलको ईज्जत राखेकोमा जिल्ला शिक्षा कार्यालय गर्वित रहेको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष घनाश्याम गौतमले मोमको सफलता दलितका लागि मात्र नभएर गुल्मीका सबै समुदायको सफलता भएको भन्दै महासंघको तर्फबाट बधाई दिए । कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य प्रेम सुनार, जिल्ला अध्यक्ष भरत पाण्डे, अनेरास्वब्युका अध्यक्ष ओम कार्की, अनेम संघकी जिल्ला सदस्य बिष्णु बिश्वकर्मा लगायतले बधाई दिएका थिए ।
मोमलाई सम्मान कार्यक्रम राख्नु उनका लागि सम्मान मात्र नभएर यहाँका आम दलित युवा युवतीलाई उत्प्रेरणा मिलोस भन्नका सम्मान कार्यक्रम राखिएको एकिकृत ग्रामिण विकास समाज गुल्मीका अध्यक्ष गणेश श्रीपालीले बताए । कार्यक्रम श्रीपालीको अध्यक्षता, उपाध्यक्ष हिरा एसीको स्वागत मन्तब्य र सचिव कृष्ण बिश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । उनि आगमी १२ तारिख सिडनी उड्दै छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग