Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा विना दरवन्दी २२ वटा मावि सञ्चालन

Published on 3:49:00 AM //


प्रेम सुनार
पौष २५, गुल्मी । दरबन्दी शिक्षक विना गुल्मीमा २२ वटा माध्यामिक शिक्षक सञ्चालन भएको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । ‘जिल्लाका २२ वटा माविमा एउटा पनि दरबन्दी शिक्षक छैनन् ’जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालले भने ‘ति बिद्यालय बार्षिक २ लाख २१ हजार अनुदानको भरमा सञ्चालन भएका छन् ।’
जिल्लाका १ सय १३ वटा मावि छन्’ अर्यालले भने ‘प्रति मावि न्युनतम दरबन्दी ५-५ जनाको हुनुपर्दथ्यो त्यो संख्या कम हुने माविलाई १ लाख १० हजारका दरले अनुदान दिने गरेका छौ ।’ त्यस्तै जिल्लाका २१ वटा निमाविमा पनि दरबन्दी नै नभएको जिल्ला शिक्षा अधिकारीले बताए ।
‘३२ वटा प्राविमा पनि दरबन्दी नै थिएनन् अर्यालले जनाए ‘दरबन्दी मिलान कार्यक्रम सम्पन्न पश्चात ति बिद्यालयलाई एक एक जना दरबन्दी दिईएको छ ।’ ‘ जिल्लाका कुल माविलाई ६ सय ११ जना शिक्षक आबस्यक पर्दछ’ उनले थपे ‘अहिले ३ सय ९९ सय जना कार्यरत छन २ सय १२ जना नपुग छन् ।’ उनका अनुसार प्राविमा आबस्यक १८ सय ७ जना दरबन्दी मध्ये १७ सय ५३ जना कार्यरत, ५४ जना नपुग छन् । त्यस्तै निमाविलाई आबस्यक ७ सय ६४ जना शिक्षक मध्ये ४ सय ५५ जना कार्यरत छन्, नपुग ३ सय ९ जना छन् ।
जिल्ला शिक्षा कार्यलयले दरबन्दी मिलानका क्रममा १६ वटा विद्यालय समायोजन गरेको छ भने १३ वटा विद्यालयमा कक्षा घटाएको छ । त्यस्तै भौगोलिक विकटताका कारण न्युनतम विद्यार्थी संख्या भन्दा पनि कम भएका २० जना सम्म विध्यार्थी भएका १७ वटा विद्यालय कायमै राखेको छ । कार्यलयले यस क्रममा प्राथामिक तहका १ सय ९ जना र निमावि, मावितह गरी ३० जना शिक्षक सरुवा गरेको जिल्ला शिक्षा अधिकारी अर्यालले जानकारी दिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग