Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिलासंघद्धारा राजनीतिक दलहरुलाई ज्ञापन पत्र

Published on 3:11:00 AM //


पि.एम.मगर
गुल्मी, पौष २६ । मुलुकमा वढिरहेको महिला हिँसा विरुद्ध गुल्मी जिल्लाका महिला तथा मानवअधिकारकर्मी संघसंस्थाहरु पनि आन्दोलित हुँदै आएका छन । आज विहीवार नेपाल महिला संघले जिल्लाका सम्पुर्ण पार्टी कार्यालयहरुमा प्रेस विज्ञप्ती वुझाएको छ ।
२१ आँैँ शताव्दीको समतामुलक समाजमा पनि विभिन्न क्षेत्रमा भईरहेका महिलामाथिका जघन्य हिँसात्मक घटनाहरुप्रति ध्यानाकर्षण भएको भन्दै संघले दोषीलाई तत्काल कारवाही तथा पीडितलाई राहात उपलव्ध गराउनतर्फ सरकारको ध्यान केन्द्रीत गर्नका लागि पहल गर्न आग्रह गर्दै जिल्ला स्थित पार्टी कार्यालयहरुमा विज्ञप्ती वुझाएको हो ।
हिँसात्मक घटना वढ्नुमा कानुनको कार्यान्वयन कमजोर र कतिपय कानुनमा त्रुटी हो भन्ने संघको ठहर छ। यस्तै नेपाल महिला संघले भोली सदरमुकाम तमघासमा विरोध ¥याली तथा सभा गर्ने वताएको छ । संघले यसअघि नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र र चश्मा उपहार समेत पठाएको थियो भने सदरमुकामका विभिन्न ३ स्थानमा कोण सभा समेत गरेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग