Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा एकैदिन एउटै गाविसमा ३ महिला हिंसा

Published on 5:47:00 PM //


प्रेम सुनार 
पौष २६, गुल्मी । महिला नेतृहरुले महिला हिँसा विरुद्धको आन्दोलनको नाममा ज्ञापनपत्र लेखेर प्रधानमन्त्रीलाई पठाउने अभियान चलाईरहेका बेला उता गाउँमा भने एउटै गाविसमा एकैदिन तीनवटा महिला हिँसाका घटना घटेका छन् ।
धुर्कोट रजस्थल गाविस माईती भएका तीन महिलाले हिँसामा परेको भन्दै न्यायका लागी प्रहरी र प्रशासन गुहारेका छन् । धुर्कोट रजस्थल गाविस वार्ड नं ३ माईति भएकी लक्ष्मी केसी, वार्ड ३ माईति भएकी मिना जिसी र वार्ड नं २ माईति भएकी तुल्सा अर्याल यसरी न्याय माग्न यसरी जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा आएका छन् ।
म्यालपोखरी ३ स्थित लालमणी केसीसंग २०६५ सालमा मागी विबाह गरेकी लक्ष्मीलाई डेढ वर्षदेखि श्रीमानले हेला गरेर माईतिमा बस्दै आएकोले जिल्ला प्रशासन गुहारेको बताईन् । ‘अर्की श्रीमति ल्याएको छु, तँ संग अव सम्बन्ध छैन भनेर धम्की दिन्छन्" लक्ष्मीले भनिन्,  "घर सासुको हेला, तम्घास बस्ने श्रीमान्ले फर्केर नहेरेपछि माईतिमै बसेकी छु ।"
‘गत असारमा मरेको बच्चा जन्मियो, झण्डै मरीन तर खवर पाएर पनि भेट्न जानुभएन, न नागरीकता छ न बिबाह दर्ता अलपत्र भएपछि प्रशासन गुहार्न आएकी हुँ ’– लक्ष्मीले थपिन ।
उता धुर्कोट रजस्थल ६ माइती भएकी मिना जिसी स्थानिय थम्मन अर्यालका छोरा रीख बहादुर अर्यालले घरमै आएर निर्घात कुटेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । अर्यालकी छोरीले स्थानिय सरस्वती विककी छोरी रन्जुलाई ढुँगाले हानेको भन्दै उनकी आमालाई छोरी जोगाउन भनेको र किन कुरा लगाईस भनेर अर्यालका छोरा रीख बहादुर अर्यालले घरभित्रै पसेर लाठी प्रहार गरेर निर्घात कुटेको मिना बताउँछिन् । ‘तर उनले न्याय नपाउने जस्तो देखिएको छ’ – अर्याल परीवारलाई बचाउन जिल्लाका दिग्गज काँग्रेस नेताहरु प्रहरी कार्यालयमा पुगेका छन् । गजबको कुरा कार्यालय बाहिर काँग्रेस निकट नेपाल महिला संघका नेतृहरु महिला हिँसा विरुद्धको आन्दोलनमा देखिएका छन् ।
‘प्रहरी कार्यालयमा रहेका एक काँग्रेस नेताले भने – समाचारको विषय नबनाई हाल्नुस ’ – कुरो सानो हो, हामी मिलाउँछाँै ।’ यता आफूले न्याय नपाउने निश्चित जस्तै भएको भन्दै कार्यालयबाहिर चिदीचौरमा कमला जिसी रुँदै भनिन्, "गोरु चुटे झँै चुटिँदा पनि मैले न्याय नपाउने भएँ ।"
यसरी गाउँमा केटाकेटी झगडाको विषयलाई लिएर निर्घात कुटिएकी मिना थला पर्ने अबस्थामा पुगेकी छन् । ‘गरिव छु’ उनले भनिन ‘गाउँका धनिले जे गरे पनि हुने रैछ ।’ धुर्कोट रजस्थल नै माइती घर भए कि अर्जे ४ कि तुल्सा अर्याल फेरी श्रीमानले हँसिया प्रहार गरी मरणासन्य हुने गरी कुटेको भन्दै आजै प्रहरी कार्यालमा आएकी छन् । निर्घात कुट पिट भई ज्यान जोगाउन तिन दिन जंगलमा बसेको बताउने तुलसा यस घटनालाई जघन्य बताउँछिन । उता छलफलमा बसेका कांग्रेस र माओबादी नेताहरु एक अर्काको पक्ष लिई पाखुरा निमोठा निमोठको अवस्थामा बादविवाद गर्दै थिए । 
भित्र दलका नेताहरु महिला हिंसाको घटनामा एकले अर्काको पक्ष लिएर बसी रहेका छन्, यता बाहिर तपाईहरु महिला हिंसाको आन्दोलनमा हुनहुन्छ किन यस्तो त ? भन्ने प्रश्नमा आन्दोलनरत नेपाल महिला संघ गुल्मीकी अध्यक्ष विष्णुकुमारी सापकोटाले भनिन् ‘त्यही त, भर्खर भित्र गएर खवरदार हामी नभई मिलायौ भने भनेर चेतावनी दिएर आएका छौ ।’ उनले थपिन ‘महिला हिंसाका घटनामा अव राजनितिक आग्रह पुर्वग्रह हुन दिईन्न ।’ जिल्लामा राजनैतिक दलका मानिसहरुले आफ्नो मान्छे काँखी च्याप्ने गर्दा पिडितले उचित न्याय पाउन नसकेको गुनासो आएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग