Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार महासंघ गुल्मीले आज विरोध कार्यक्रम गर्ने

Published on 3:13:00 AM //


घनश्याम गौतम
गुल्मी– दैलेखका पत्रकार डेकेन्द्र थापामा संलग्नहरुलाई सरकारले उन्मुक्ति दिन खोजेको विरोधमा नेपाल पत्रकार महासंघले आज शुक्रबार विरोध कार्यक्रम गर्ने भएको छ ।
विरोध कार्यक्रममा सहभागी भएर सहयोग गर्न पत्रकार महासंघले जिल्ला स्थित विभिन्न मानवअधिकारवादी संघ संस्था, गैरसरकारी संस्था, पेशागत संघ संगठनहरु, राजनीतिक दल लगायतलाई सहयोगका लागि पत्रकार महासंघले आग्रह समेत गरेको छ ।
पत्रकार महासंघको हिजो तम्घासमा बसेको बैठकले हत्यामा संलग्नहरुलाई सरकारले कानुनी कारवाहीमा ल्यानुपर्ने माग गर्दै उन्मुक्ति दिन लागेको कार्यप्रति विरोध जनाउँदै विरोध कार्यक्रम गर्न लागेको हो । आज शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडी विहान ११ बजे देखि सबै पत्रकारहरुले आँखामा कालो पट्टी बाँधेर मौन विरोध प्रदर्शन गर्ने निर्णय गरेको महासंघका अध्यक्ष घनश्याम गौतमले जानकारी दिनुभएको छ ।
साथै पत्रकार हत्यामा संलग्नहरुको कानूनी कारवाहीको माग र राज्यको कार्यकारी निकायमा बसेको प्रधानमन्त्री बाबुराम भट्टराईको सार्वजनिक अभिव्यक्तिको बिरोधमा गर्न लागिएको पत्रकारहरुको विरोध कार्यक्रममा सहयोग गर्न महासंघले विभिन्न मानवअधिकारवादी संघसंस्था, पेशागत संघ संगठनहरु, गैर सरकारी संस्था, राजनीतिक दल, भातृ संगठनहरु लगयत सबैलाई आग्रह गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग