Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुसिकोटको गाउँ परिषद सकियो, बलिथुमको स्थगित

Published on 4:54:00 AM //


पि.एम.मगर
गुल्मी, पौष २७ । गुल्मी मुसिकोट गाविसको आर्थिक वर्ष २०७०÷७१ को गाउँ परिषद आज सम्पन्न भएको छ । पँुजीगततर्फ १५ लाख ५० हजार रुपैयाँ मध्ये शिक्षातर्फ ३ लाख ९० हजार, कृषितर्फ २ लाख ३२ हजार ५ सय, मोटरवाटोतर्फ १ लाख ५६ हजार, खानेपानी विकास तर्फ ७८ हजार, विद्युततर्फ ५० हजार, स्वास्थ्यतर्फ ९२ हजार, महिलातर्फ १ लाख ५५ हजार, दलिततर्फ ७७ हजार, अपाङ्ग तथा जेष्ठ नागरिकतर्फ ७७ हजार, जनजातितर्फ ७७ हजार गरी विनियोजन गरिएको छ । अन्य ठुला योजनाहरुका लागि इलाका गोष्ठीमा पठाउने निर्णय भएको छ ।

गाउँ परिषदमा गाविसका कृयाशिल राजनीतिक दलका प्रतिनिधी, वडा नागरिक मञ्चका संयोजकहरु, सामाजिक परिचालक, उपस्वास्थ्यचौकी इन्चार्ज, महिला, दलित, अपाङ्ग, जनजाति, स्थानीय समाजसेवी, वुद्धिजीवि लगायतको विशेष उपस्थिति रहेको थियो । परिषद गाविस सचिव शालिकराम गैरेको अध्यक्षता तथा सामाजिक परिचालक होमवहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको सहकर्मी कौरव खत्रीले जानकारी दिएको छ ।

यता बलिथुम गाविसको आउँदो आर्थिक वर्षको लागि आज हुने भनिएको गाउँ परिषद भने स्थगित भएको छ । गाविसमा सञ्चालित मोटरवाटोको वक्यौता रकम तिर्ने विषयमा सहमति जुट्न नसकेपछि परिषद स्थगित भएको सहकर्मी गंगु कुवँरले जानकारी दिनुभयो।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग