Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चिसो हटाउन बालिएको आगो निभाउन बिर्सिदा आगलागी, ३ परिवार बिस्थापित, ६ लाख बढीको क्षती

Published on 5:01:00 AM //


धुर्कोट, गुल्मी
पुस २७ । चिसो हटाउन बालिएको आगो निभाउन बिर्संदा जिल्लाका विभिन्न ठाउँमा भएको आगोलागीबाट तीन परिवार विस्थापित भएका छन् । दाँैघा र नेटा गाविसमा आगलागीका कारण रु छ लाखभन्दा बढीको क्षति भएको छ । दाँैघा-७ का तुलसीबहादुर घर्तीको घरगोठ आगलागीले नष्ट भएपछि उनको परिवार छिमेकीको शरणमा परेको छ ।

आगलागीबाट एक भैँसी, तीन बाख्रा, १२ वटा कुखुरा मरेका छन् भने घरभित्र रहेका लत्ताकपडा र खाद्यान्न सबै जलेर नष्ट भएको पीडित घर्तीले बताउ । आगलागीबाट रु एक लाख ६८ हजार बराबरको धनमाल क्षति भएको अस्थायी प्रहरीचौकी खज्र्याङ्गले जनाएको छ ।

यस्तै जिल्लाकै पश्चिमी गाविस नेटामा आगलागी हुँदा दुई घरपरिवार विस्थापित भएका छन् । नेटा-१ का भीमबहादुर नेपाली र भूपीबहादुर नेपालीको घरवास आगोले जलेर नष्ट भएपछि उनका परिवार छिमेकीको शरणमा बस्न बाध्य भएका छन् ।

भूपीबहादुरको गोठबाट सुरु भएको आगलागीले उनको घरसँगै जोडिएको भीमबहादुरको घरमा क्षति पुगेको हो । आगलागीबाछ एक भैँसी तथा बाख्रा मर्नुका साथै दुवै घरमा रहेको पैसा, अन्नपात, गरगहना, लत्ताकपडा तथा महत्वपूर्ण कागजात जलेर नष्ट हुँदा करिब रु पाँच लाख बराबरको क्षति भएको अनुमान गरिएको स्थानीय प्रकाश घिमिरेले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग