Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीनवटा पुच्छर भएको अनौठो बाच्छी

Published on 3:33:00 AM //


चमैता-३ की कृषक मुनादेवी बस्नेतले पालेको गाईले एकसाता अघि अनौठो खालको बाच्छी जन्माएपछि हेर्नेको भीड लागेको छ ।
बस्नेतले पालेको गाईले तीनवटा पुच्छर भएको बाच्छी जन्माएपछि लक्ष्मीको अवतार भएको भन्दै स्थानीयवासीले भेटीसहित दर्शन गर्न आउने गरेका छन् । यस अघि सामान्य खालका बाच्छाबाच्छी जन्माएपनि तेस्रो बेतमा तीन पुच्छर भएको बाच्छी जन्माएको उनले बताए । दैनिक पाँचदेखि ५० रूपैयाँसम्म भेटी राखेर हेर्ने आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गरेको र अहिलेसम्म ५०० भन्दा बढी मानिस हेरेर गएको उहााले बताउनुभयो । उक्त बाच्छी अहिलेसम्म स्वस्थ रहेको बताइएको छ । रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग