Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समाचार वाचन गर्दै गर्दा अश्लील भिडियो देखिएपछी.....

Published on 4:45:00 PM //

स्टकहोम , पुस २७ - स्विडेनको २४ घन्टे समाचार च्यानल टिभी ४ मा समाचार वाचन जारी रहेकै बेला प्राविधिक त्रुटिका कारण १० मिनेटसम्म अश्लील भिडियो प्रसारण हुन पुगेको छ ।

उत्तरी युरोपको यो स्कान्डिभियन मुलुकका दर्शकलाई पनि एका बिहानै प्रसारित यो दृश्य पचाउन गाह्रो भएको थियो । उनीहरूको पनि सोच र कल्पनाभन्दा निकै टाढाको घटना थियो ।

समाचारवाचिकाले थाहै नपाई पछिल्तिरको थुप्रै स्त्रिmनहरूमध्ये एकमा यसको प्रसारण भइरहेको थियो । सिरिया संकटबारे शालीन खबर प्रसारण भइरहेको बेला गत सोमबार बिहान १० बजे १० मिनेटसम्म यो पोर्न भिडियो देखेर दर्शकहरू पनि भुक्किए । समाचारवाचिकाले रुसी संवाददातासँग प्रत्यक्ष कुराकानी गरिरहेका बेला यो प्राविधिक दुर्घटना हुन पुगेको थियो । 'स्विडेनी टिभी-४' को मूल कम्पनी 'सी मोर इन्टरटेनमेन्ट' अबेर राति प्रसारण हुने थुप्रै वयष्क (एडल्ट) च्यानलहरूको पनि साहु हो ।

यस्तोमा न्युज रुमको स्क्रिन गल्तीले अन्य च्यानलको कम्प्युटरसँग जोडिन पुगेको समाचार सम्पादक एन्डि्रयाज हागलिन्डले स्पष्ट गरेका छन् ।

निकै ढिलो च्यानलको यतातिर ध्यान गएको स्थानीय अखबारहरूले दर्शकलाई उद्धृत गर्दै जनाएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग