Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शहरको बीचमै हेलिकप्टर खस्दा २ को मृत्यु (फोटोहरु सहित)

Published on 12:57:00 AM //

काठमाडौ, माघ ३ - लण्डनको निर्माणाधिन एक अग्लोघर माथिको क्रेनमा हेलिकप्टर ठोक्किंदा पाइलटसहित दुई जनाको ज्यान गएको छ भने अन्य नौ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । बाक्लो हुस्सुका कारण मध्य लण्डनको निर्माणाधिन सेन्ट जर्ज वार्फ टावरमाथि राखिएको क्रेनमा बुधबार बिहान हेलिकप्टर ठोक्किएको हो ।

स्थानीय समयअनुसार बिहान ८ बजे हेलिकप्टर क्षतिग्रस्त भई भुँईमा बजारिएको थियो । ससेक्सथिस्त एयरपोर्टबाट उडेको केहीबेरमै हेलिकप्टर दुर्घटना भएको हो ।

लण्डन प्रहरीले दुर्घटनाको कारक हुस्सुलाई मानेको छ । क्षतिग्रस्ट हेलिकप्टरको पाटपूर्जाको ठक्करबाट दुईवटा कारमा क्षति पुगेको छ । दुर्घटना भएको स्थान लण्डनको व्यस्त केन्द्र हो । हेलिकप्टर ठोक्किएको क्रेन पनि ढल्ने अवस्थामा भएकाले दुर्घटना क्षेत्र वरपर प्रहरीले सतर्कता बढाएको छ ।





भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग