Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रक्सीमा विषादी मिसाइ सेवन गर्ने युवतीको मृत्यु

Published on 7:47:00 AM //


भद्रपुर, माघ ४ - हिजो रक्सीमा विषादी मिसाएर सेवन गरेकी एक महिलाको मृत्यु भएको छ। झापा खुदुनाबारी-६ बस्ने ५२ वर्षीय फुलमाया लिम्बुको विषादी सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आफ्नै घरमा बिहान ३ बजे लिम्बुले रक्सीमा फोरेट नामक विषादी मिलाएर सेवन गरेकी थिइन्। विषादी सेवन गरेको परिवारजनले थाहा पाएपछि उपचारको लागि उनलाई मेची अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि धरान लैजाने क्रममा बाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ।

विषादी सेवन गर्नाका कारण खुल्न सकेको छैन। रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग