Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा साझा औषधी पसलको भवन शिलान्यास

Published on 6:19:00 PM //


प्रेम सुनार
माघ ४, गुल्मी । नेपाल सरकारको साझा स्वास्थ्य सेवा विभागले तम्घास अस्पताल परिसरमा साझा आषधी पसलका लागि भवनको शिलन्यास गरेको छ । ५ लाख लागतमा २ महिना भित्रमै सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको एक तले भवनको आज तम्घास अस्पताल बिकास समितिका अध्यक्ष बिरबहादुर कार्कीले एक समारोहका बिच शिलन्यास गरेका हुन् ।
शिलन्यास कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डाक्टर हरिबहादुर के. सी., डाक्टर काशिम शाह, साझा स्वास्थ्य सेवा पाल्पाका प्रमुख नरेन्द्र विक्रम लम्साल, वुटवल शाखाका लेखापाल गुणराज पोख्रेल लगायतको आतिथ्यता थियो । २ महिना भित्रमै भवन सम्पन्न गरी सर्व सुलभ मुल्यको औषधी बिक्रि बितरण गर्न सुरु गरिने पाल्पाका प्रमुख लम्सालले बताए ।
निजी औषधी पसलको मन परी मुल्य दरको मारमा परेका जनता साझ औषधी पसल खुलेपछि प्रभावित हुने उनको दावी छ । ६० प्रतिशत नेपाल सरकार र ४० प्रतिशत शेयर पुँजीबाट सञ्चालन हुने साझा औषधी पसल तम्घास अस्पताल हाता भित्रै सञ्चालन हुने भएपछि निजि ब्यवसायीहरु ब्यापार घट्ने हो की भन्ने चिन्तामा छन् । साझा पसलमा सरकारले निर्धारण गरेको निर्धारित र सर्व सुलभ औषधी विक्रि हुने गर्दछ । यहाँ भारतिय औषधीको मुल्य एक सय भारु नोट १ सय ६० नेपाली हुनु पर्नेमा १ सय ८० बराबरको हिसाव गरी भारु मै २० रुपैया बढी लिने गरेको गुनासो सुनिँदै आएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग