Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लामो समयदेखि फरार अपराधीहरु पक्राउ पर्दै

Published on 6:34:00 PM //


गगनशिला खड्का
गुल्मी, १९ पौष । अपराधीक कृयाकलामा संलग्न भई भागेका फरार अभियुक्तहरुलाई पक्रेर कार्वाही गर्ने क्रमलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले तिब्र पारेको छ । अदालतले अपराधी ठहर गरी जेल चलान गर्ने फैसला गरेपनि लुक्दै भाग्दै आएका अपराधीहरुलाई कार्वाहीको दायरामा ल्याउन प्रहरीले पक्राउ गर्ने क्रम तिब्र पारेको हो ।
पछिल्लोपटक ज्यान मार्ने उद्योगमा अदालतबाट जेल चलान गर्ने फैसला भएपनि १४ वर्षदेखि फरार अभियुक्तलाई गुल्मी प्रहरीले सदरमुकाम तम्घासबाट पक्राउ गरेको छ । गाउँलेलाई छुरी हानेर १४ वर्षअघि फरार दर्लामचौर गाविस १ का ४८ वर्षिय रीख बहादुर सार्कीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो । २०५५ साल भदौ ९ गते दर्लामचौर गाविस ९ निबासी कृष्ण बहादुर पछाईँलाई छुरा प्रहार गरी भागेका सार्कीलाई सदरमुकाम तम्घासबाट पक्राउ गरी  जेल चलान गरीएको प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले बताउनुभयो ।
घटनाको २ दिनपछि ज्यान मार्ने उद्योगमा मुद्धा दायर गरीएकोमा गुल्मी जिल्ला अदालतले निजलाई २०५६ साल असार २९ गते ५ वर्ष कैदको फैसला गरेपनि अभियुक्त फरार रहेको र विशेष सुराकीका आधारमा सदरमुकाम तम्घासबाटै पक्राउ गरीएको काफ्लेले जानकारी दिनुभयो । अभियुक्त नेपाली यतिका वर्षदेखि कहिले गाउँ र कहिले सदरमुकाममा मजदुरी गर्दै आएपनि प्रहरीको नजर अहिलेसम्म पर्न सकेको थिएन ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले बहु विवाह मुद्दाका फरार प्रतिवादी धु्रव बहादुर थापालाई गत मंसिर १८ गते र सेराम २ रोल्पाका डाका चोरी मुद्दामा संलग्न भै फरार रहेका प्रतिवादी सुमन भनिने राजकुमार रानामगरलाइ गत पुस १२ गते पक्राउ गरी अदालतमा दाखिला गरेकोमा दुवैजना प्रतिवादीहरु पनि कैद सजाय भुक्तानका लागि कारागार शाखा गुल्मीमा पठाईएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग