Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिला हिंसा विरुद्ध गुल्मीमा १ घण्टा चक्काजाम

Published on 6:31:00 PM //


अनिल खत्री
गुल्मी, पौस १९ । महिला माथि हुने सवै प्रकारका हिंसा, विभेद, दमन, उत्पीडन, अन्याय, अत्याचारको विरुद्ध न्याय र समानता सबै एक हुनु पर्ने तथा वितेका केही दिनहरुमा महिलामाथि भएका श्रृङखलावद्ध घटनाहरु प्रति ध्यानाकर्षण भएको भन्दै नेकपा एमाले निकट अखिल नेपाल महिलासँग गुल्मीले बिहिबार गुल्मीको सदरमुकाम तम्घासमा १ घण्टा चक्का जाम गरेका छन ।
मध्यान्न १२ बजे देखि १ बजेसम्म १ घण्टा गरिएको चक्काजामले सदरमुकाम तम्घासका बिभिन्न नाका भएर जाने लामो तथा छोटो दुरिका सवारीका साधनहरु केहिबेर ठप्प भएका थिए । समाजमा व्याप्त हिंसाको स्रोतको रुपमा रहेको अन्धविश्वास, कुरिति, कुसँस्कारका कारण महिला माथि आम रुपमा दिनानुदिन हिंसा भईरहको छ । यसको मुल जरो नष्ट गर्नका लागि सरकारले प्रभावकारी कार्यक्रमको तर्जुमा र व्यापक जनचेतना जगाउनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । त्यसैगरी महिलाको प्रतिष्ठा र आत्मसम्मानमा आच पुग्ने खालका सम्पुर्ण कुराहरुलाई प्रतिवन्ध लगाउनु पर्ने, महिला माथि हुने हिंसा अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन गर्दै, राज्यले नै कडा भन्दा कडा कानुनको निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा कानुन कार्यान्वयनको माग गर्दै चक्का जाम गरेको अखिल नेपाल महिलासँग गुल्मीकी अध्यक्ष ललिता गौतमले जानकारी दिनु भयो ।
चक्का जाम पछि कोण सभामा बोल्दै अखिल नेपाल महिलासँग गुल्मीकी अध्यक्ष ललिता गौतमल महिलामाथि हुने हत्या–हिंसा, तथा अमानवीय व्यवहारका श्रृंखला पुनरावृत्ति हुन नदिन राज्य गंभिर बन्न र घटनाको यथार्थ छानविन गरी दोषीलाई कार्वाही तथा पीडित परिवारलाई राहत, क्षतिपूर्ति को तत्काल व्यवस्था गर्न माग गरेको बताउनु भएको थियो । भोलि अर्थात शुक्रबार केन्द्रिय आन्दोलन अनुसार १ घण्टा जिल्ला प्रशासन घेराउको कार्यक्रम रहेको जानकारी दिनु भयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग