गुल्मीमा पहिलो पटक ठूलो धनराशिको भलिवल प्रतियोगिता सम्पन्न
Published on
6:39:00 PM //
जनार्दन घिमिरे

त्यसैगरि प्रतियोगितामा संस्कृति संरक्षण युवा मञ्च बडागाउँ द्वितीय र मणिमुकुण्द युवा क्लव वुटवल रुपन्देहीले तृतीय स्थान प्राप्त गर्न सफल वनेको थियो । तृतीय स्थानकालागि मणिमुकुण्द युवा क्लव र वाग्लुङ्ग सेवा समाज गुल्मी वीच निकै प्रतिस्पर्धा भएको थियो । वृहत राष्ट्रिय खुल्ला भलिवल प्रतियोगितामा भाग लिनकालागि पाल्पा, वाग्लुङ्ग, स्याङजा, पर्वत, रुपन्देही, अर्घाखाँची लगायत विभिन्न जिल्लाका गरि १७ टिमहरुको सहभागिता रहेको थियो ।
सदरमुकाम तम्घास स्थित चिदीचौरमा सम्पन्न भएको उक्त प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने गुल्मी भलीवल संघले ५० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाण पत्र, द्वितीय हुने संस्कृति संरक्षण युवा मञ्च बडागाउँले ३० हजार रुपैयाँ र तृतीय स्थान प्राप्त गर्ने मणिमुकुण्द युवा क्लव वुटवल रुपन्देहीले २० हजार रुपैयाँ नगदका साथै शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । गुल्मी जिल्लामा यति ठुलो धनराशीको भलिवल प्रतियोगिता संचालन गरिएको यो पहिलो पटक हो ।