पढाई बाध्यता भयो, अनिवार्य बनाउँ
Published on
4:06:00 PM //
भरत पाण्डेय
७ माघ , गुल्मी । पढाईलाई अनिवार्य नभई बाध्यताको रुपमा लिने वानी विद्यालय शिक्षादेखि नै रहेकोले अध्ययनबाट सफल हुन असहज भएको गुल्मीका शैक्षिक अगुवाहरुले धारणा राखेका छन् । विद्यालय बाध्यताले जानुपर्ने, परीक्षामा उत्तीर्ण हुनका लागी मात्रै अध्ययन गर्ने र अध्ययन गर्नु नपरेमा आनन्द महसुस गर्ने बानी हटाउन नसकेकोले शैक्षिक क्षेत्रमा सफलता मिलन नसकेको उनीहरको तर्क छ । वहुमुखी शैक्षिक विकास केन्द्र गुल्मीले शिक्षक सेवा आयोग तैयारी गर्ने विद्यार्थीका लागी कसरी सफल हुने भन्ने विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो सुझाव दिएका हुन् ।जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरीलाल अर्यालले पढ्न र विद्यालय जान नपरेमा खुसी हुने वातावरण अहिलेपनि कायम भएकोले यसलाई हटाउनुपर्ने बतउनुभयो । उहाँले ससाना विद्यार्थी अहिलेपनि विद्यालयमा छुट्दी हुँदा वा नेपाल बन्द हुँदा खुसी हुने तर विद्यालय जानुपर्दा बोझ लाग्ने वातावरण भएकोले अध्ययन बोझको विषय बनाईएको बताउनुभयो । शिक्षक कर्मचारी, अविभावक र विद्यार्थी सबै मिलेर पढाईलाई खेल खेलेजस्तै मनोरन्जनको रुपमा लिन सक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले पढ्दा अल्छी लाग्ने बानी त्याग्नुपर्ने बताउनुभयो । उहाँले मन लागेको बेला अध्ययन गर्ने तर बाध्यतामा पढ्न नहुने बताउनुभयो । सफलताका लागी पढाईलाई बाध्यताका रुपमा नलिएर अध्ययन गर्दा खुसीहुनसक्ने वातावरण बताउनुपर्ने उनीहरुको सुझाव छ । रेसुङ्गा क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्राध्यापक दीन पन्थीले बोझ र बाध्यताको रुपमा अध्ययनलाई लिएर सफल हुन नसकिने बताउनुभयो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी गोविन्द्रप्रसाद अर्यालले शैक्षिक तैयारी कोर्ष सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयमा अनुमति लिनुपर्ने वताउनुभयो ।









