Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"अब रक्सि पिउँदिन": अन्जु पन्त

Published on 3:29:00 AM //


बारम्बार मदिरा पिएर मातेको समाचारका कारण विवादमा पर्दै आएकी गायिका अञ्जु पन्तले अव आफुले मादकपदार्थ सेवन नर्गे बताएकी छिन् ।
‘मदिरा पिउनै हुँदैन भन्ने होइन तर म भने अब यसबाट टाढा भएको छु, अन्जुले भनिन् ।’पति मनोजराजसाग सम्वन्ध विच्छेद भएपछि एक्लै बस्दै आएकी गायिका पन्तले धरानका संचारकर्मीसाग कुरा गर्दै मदिरा नपिउने बताएकी हुन् । केही समयदेखि क्रिश्चियन धर्म अबलम्बन गरेकी गायिका पन्तले उपस्थित संचारकर्मीलाई समेत बाइबल पढ्न सुझाव दिएकी छन् । पत्रकारहरुसँग अधिकांश समय ‘प्रभु’ को बयान गर्नमै समय खर्चिएकी पन्तले आफुले भजन गाएपछि प्रभुको शरणमा गएको बताइन् । आफुले परमेश्वरको योजनाले धर्म परिवर्तन गरेको दाबी गर्दै उनले भनिन्, ‘पहिला मन्दिर गएर पुजा गर्थे तर क्रिश्चियन धर्ममा जस्तो आनन्द कतै पनि देखिन ।’

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग